काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा ८५ जनामा कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा ६ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित ३४ पुगेको छ । ३४ जना नै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
आज ३६ जना फाइजर खोप लगाएका छन् । हालसम्म २ हजार ९ सय ९४ जनाले फाइजर खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो ।
सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना रहेका छन् । बनेपामा ११ जना, पाँचखालमा १ जना, पनौतीमा ७ जना र भुम्लु गाउँपालिकामा ३ जना संक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments