धुलिखेल नगरपालिकाले पार्क निर्माण निरन्तरता दिएको छ । यसै क्रममा आज वडा नम्बर १ मा बुद्ध पार्क शिलान्यास गरिएको छ ।
नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आज बुद्ध पार्कको शिलान्यास गर्नुभएको हो । पार्क निर्माणका लागि पहिलो चरणमा यो वर्ष १० लाख विनियोजन गरिएको छ । अर्को पटक २० लाख रुपैयाँ थपिने छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएपछि नगरप्रमुख ब्याञ्जु अन्य विकास निर्माण जस्तै पार्क निर्माणलाई पनि उच्च प्राथमिकतामा राख्दँै आइरहनुभएको छ । धेरैले पार्क नै पार्क शहर भनेर चिन्न थालेका छन् ।
यसअघि धुलिखेल नगरपालिकाको वडा नम्बर ४ बखुण्डोलमा पनि बुद्ध पार्क निर्माण गरिएको थियो । बुद्ध पार्क निर्माण पछि बखुण्डोलको स्वरुप नै बदलिएको छ । बौद्ध धर्मवलम्बीहरुलाई पूजापाठ गर्नदेखि ल्छोहार मनाउन समेत निकै सजिलो भएको छ ।
Facebook Comments