Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

अबको तीन वर्षभित्र पुरा हुनेछ ‘मन्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
शिवको गुण तीर्थले तिर्लान् !
Spread the love
    

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको गौरबको आयोजनाभित्र पर्ने ‘मन्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को अगामी तीन वर्षभित्र सकिनेछ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तभित्र सकाउनु पर्ने समयसिमा तोकिएको छ ।

 

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को मुख्य ट्याङ्की नगरपालिकाको वडा नम्बर १० को थामडाँडामा निर्माण हुनेछ । इन्द्रवती नदीको वडा नम्बर १० को नारिमखर्क र वडा नम्बर ७ को सोतेबाट मुख्य ट्यांकीमा पानी खसालिने छ ।

 

दुईवटा समवाएल निर्माण हुनेछ । इन्द्रवती नदीको पानी प्रशोधन गरेर थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ । थामडाँडा इन्द्रवतीबाट ९ सय उचाईमा छ । त्यस्तै थुम्की डाँडा पानी दोस्रो मुख्य ट्याङकी निर्माण हुनेछ । यो आयोजना मल्ट्रि आरटी सिस्टमको परियोजना हो ।

 

यो आयोजना अन्तर्गत विभिन्न ठाउँमा फरक फरक क्षमताका ३० वटा ट्याङ्की निर्माण हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । २३ वटा वितरण ट्यांकी बन्नेछ । वितरण ट्यांकी २० देखि १ सय घनमिटरसम्मको निर्माण हुनेछ । पम्पीङ गर्ने ७ वटा ट्यांकी निर्माण गरिनेछ । जुन ट्यांकी ४० देखि २ सय घनमिटरका हुनेछन् ।

 

मूख्य पाइलान ३६ किलोमिटरको हुनेछ । वितरण लाइन भने १५४ किलो मिटर हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सबै गरेर करिब १८० किलोमिटरको हाराहारीमा पाइप लाइनको काम हुनेछ ।

 

यो आयोजनाबाट मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिनुभयो । ८४ करोड ४० लाख लागत अनुमान गरिएको यो आयोजनाको ठेक्का सम्झौता ५४ करोडमा भएको छ । शर्मा–लामा–रमण जेभीले आयोजनाको ठेक्का पाएको छ ।

 

तीन बर्षभित्र आयोजनाको निर्माण भैसक्ने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख श्रेष्ठले बताउनुभयो । ‘आयोजनाको काम सुरु भइसकेको छ । तीन वर्षभित्र सकाउने निर्माण कम्पनीलाई जिम्मा छ । चुनौती युक्त आयोजना हो । तर यहाँका सबै पक्ष मिल्दा यो चुनौतीलाई पार गर्दै पानीको पर्खाइमा रहेका मण्डनदेउपुर नगरपालिकाका ९ वटा वडाका नागरिकको घरसम्म पुर्याउन सफलता मिल्नेछ । श्रेष्ठले भन्नुभयो ।’

 

मण्डनदेउपुरका नगरप्रमुख टोक बहादुर वाइबाले चुनावमा जनता माझ गरिएको प्रतिबद्धता लगभग पुरा हुने चरणमा पुगेको दाबी गर्नुभयो । ‘हामीले चुनावका बेला हरेक नागरिकको घरमा पानी धारा भनेका थियौँ । त्यो लगभग अन्तिम चरणमा पुगेको छ । केहि वर्ष ढिला होला तर सबै नगरबासीको घर घरमा धारा पुग्नेछ । नगर प्रमुख वाइबाले भन्नुभयो ।’

Post Views: 252

Spread the love
    

Facebook Comments

Next Post
तीर्थ लामा काभ्रे कांग्रेसको सर्वसम्मत जिल्ला सभापति !

तीर्थ लामाले शिव हुमागाइको गुण तिर्लान् !

जुगलका चौरी पालक किसानलाई छुर्पी बनाउने मेसिन

जुगलका चौरी पालक किसानलाई छुर्पी बनाउने मेसिन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!