बैतडीमा सोमबार साँझ जीप दुर्घट ना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृ त्यु भएको छ ।
बैतडीको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपालतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घ टनामा परेको प्र हरीले जानकारी दिएको छ ।
दुर्घटनामा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान् २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृ त्यु भएको इलाका प्र हरी कार्यालय पाटनका प्रमुख प्र हरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । दुर्घ टनामा परेर अन्य ६ जना घाइते भएका छन् । उनीहरू सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्र हरी निरीक्षक शाहीले बताए ।
Facebook Comments