नेकपा (एकीकृत समाजवादी) ले बनेपा नगरपालिका वडा नम्बर ६ मा प्रतिशक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
यसअघि वडा भेलाबाट चयन भएको वडा कमिटी, युवा संघ, महिला संघ, किसान संघ र विद्यार्थी संगठनका पदाधिकारी सहित सदस्यहरुलाई प्रतिशक्षण दिइएको हो ।
वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कृष्ण प्रसाद सापकोटा, केन्द्रीय सदस्य, बागमती कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला सहइन्चार्ज बिदुर सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
कमिटीमा आबद्ध भएका पदाधिकारी र सदस्यहरुले पार्टीको नीति, सिद्धान्त र विधानको बारे बुझ्दा अरुलाई पनि बुझाउन सजिलो हुने भएकाले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वmडा कमिटीका अध्यक्ष रेश्मा थापाले बताउनुभयो ।
‘कमिटीमा बसेर मात्रै हुदैँन् । पार्टीको नीति, सिद्धान्त र विधानका बारे बुझ्दा राम्रो हुन्छ भनेर प्रशिक्षण कार्यक्रम राखिएको हो । निकै फलदायी भयो । यो प्रशिक्षणले नेकपा (एकीकृत समाजवादी) को रणनीति र भावी कार्यदिशाका बारेपनि बुझ्न सजिलो भएको सहभागिहरुले बताउनुभएको छ । यस्तो प्रशिक्षणले कमिटीमा बस्ने ब्यक्तिलाई हौसला र उत्साह प्रदान गर्ने गर्छ । वडा कमिटी अध्यक्ष थापाले भन्नुभयो ।’
Facebook Comments