Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मन्त्री खतिवडाले काभ्रे सिपालीका जनतासँग कानेखुसीमा के भने (भिडिओ)

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
मन्त्री खतिवडाले काभ्रे सिपालीका जनतासँग कानेखुसीमा के भने (भिडिओ)
Spread the love
    

 

प्रायः जसो मन्त्रीहरु औपचारिक कार्यक्रम तिर जाँदा सहभागि भएको ठाउँमा जाने र उनीहरुको कुरा सुनेको निकै कम देखिन्छ । चाहे त्यो सुरक्षाका कारण हो वा घुलमिल हुन नचाहेर ।

 

तर शनिबार रोशी गाउँपालिका वडा नम्बर ६ को खट्टेखोलामा भने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कार्यक्रमका सहभागिसँग साक्षात्कार गरेर मन जितेका छन् ।

 

शनिबार वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) को वडा भेला थियो । मन्त्री खतिवडा भेलाको प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सहभागिहरु आउँदै थिए । राखिएका कुर्सीहरु बिस्तारै भरिदैँ थियो । कार्यक्रम सुरु भइसकेको थिएन ।

 

मन्त्री खतिवडाले खट्टेखोला बजारकै एक होटलमा खाना खाए । कार्यक्रम भएको ठाउँ तर्फ हिडेँ । उनी मञ्चमा बसेनन् । सिधैँ सहभागि बसेको ठाउँ तर्फ लागे । सुरक्षा कर्मीहरु छक्क परे । दोस्रो लहरको कुर्सीमा बसेका सहभागिसँगै गएर बसे ।

 

दोस्रो लहरको कुर्सीमा सिपाली डाँडाका ७२ बर्षीय तीर्थ बहादुर लामा, कुर्खेपाखाका ६२ बर्षीय सुरथ सिं जिम्बा र सिपाली डाँडाकै ७९ बर्षीय दमाई सिं तामाङ बसेका थिए । आफुहरुसँगै मन्त्री बस्न आइपुग्दा तीनै जना दंग परे । मन्त्रीले आफ्नो परिचय दिए । तीनै जनाको नाम र गाउँ सोधे । उनीहरुले पनि आ आफ्नो गाउँ र नाम मन्त्रीलाई सुनाए ।

 

दायाँ बायाँ बसेका अन्य सहभागि पनि छक्क परे । सहभागिहरु भएकै ठाउँमा आएर मन्त्री बसेको देख्दा । खेती किसान, घर परिवार संख्या, आय आर्जनको कुरा मन्त्रीले सोधे । उनीहरुले बताए । तीन जना मध्ये तीर्थ बहादुर लामा अलिक जिज्ञासु हुनुहन्थ्यो । मन्त्रीको जिल्ला मकवानपुरको बारे पनि हालखबर सोधे तीर्थले ।

 

तीर्थले नै गाउँमा एउटै बोटको कम्तीमा ९० लाख रुपैँया पर्ने बुद्धचित्त रहेको मन्त्रीलाई सुनाए । मन्त्रीले कसले सोपेको थियो भनेर सोधे । तीर्थले जवाफ फर्काए । पहिले एक जना बाहुनले रोपेर गएका रहेछन् । अहिले त्यहि मालाका लागि कहिले काँहि झगडा पनि पर्छ । मन्त्रीले सिपाली गाउँको विकास निर्माणका बारे पनि चासो राखे । तीनै जनाले पालै पालो आ आफ्नो गाउँमा भइरहेको विकास निर्माणको कुरा सुनाए ।

 

मन्त्री आफुहरुसँगै बसेको मौका तीर्थ लामाले छोपी होले । गाउँमा राम्रो स्वास्थ्य संस्था नभएको कुरा मन्त्री खतिवडालाई सुनाए । मन्त्रीले तत्कालै सकेको सहयोग गर्ने जवाफ फर्काए । उनीहरु खुशी भए । ‘यसरी मन्त्री स्वयम जनता भएको ठाउँमा भेट्न आएर, हाम्रो पनि कुरा सुनेको मेरो जीवनमा पहिलो पटक हो । म काठमाण्डौमा काम गर्न बस्दा धेरै पटक मन्त्रीहरुलाई प्रत्यक्ष देखेको थिए । तर गाउँमै आएर यसरी सबै कुरा सोधी खोजी गरेको पहिलो पटक हो । निकै खुशी लाग्यो । तीर्थले मिलिजुली खबरसँग भन्नुभयो ।’

 

भिडिओ हेरौँ

 

 

Post Views: 587

Spread the love
    

Facebook Comments

Next Post
एमाले काभ्रेमा यस्तो बन्यो शिक्षक संगठनको नयाँ टिम

एमाले काभ्रेमा यस्तो बन्यो शिक्षक संगठनको नयाँ टिम

अध्यक्षमा पराजित कमल थापाले भने ‘राजाको भलो होस्’

अध्यक्षमा पराजित कमल थापाले भने ‘राजाको भलो होस्’

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!