काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सुनकोशी नदीमा पक्की पुल बन्ने भएको छ । पक्की पुलको आज पालिका प्रमुख गुमानध्वज कुँवरले शिलान्यास गर्नुभएको हो ।
पुल २ बर्षभित्रमा निर्माण पुरा भइसक्ने बताइएको छ । सुनकोशी नदीमा ३ वटा पिटर रहनेछ । ८२ मिटर लम्बाई, साढे ७ मिटर चौडाई र दायाँबायाँ पैदल यात्रुका लागि पनि बाटो रहनेछ ।
भ्याट बाहेक ९ करोड ६९ लाख ७२ हजार रुपैँयामा पुल निर्माण हुनेछ । यो पुल बनेपछि सापिङका नागरिकलाई सबैभन्दा सजिलो हुनेछ । त्यस्तै सिम्थली र बेखसिम्लेका नागरिकलाई पनि सजिलो हुनेछ । यात्राको दुरी निकै छोटो पर्नेछ ।
अहिले पुल भएको ठाउँबाट गाउँपालिकासम्म पुग्ने सडकको स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ । ठेक्केदार कम्पनीले समयभित्रै पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
Facebook Comments