Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा मतदाता नामावली संकलन सुरु

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा मतदाता नामावली संकलन सुरु
Spread the love
    

 

काभ्रेमा आजबाट मतदाता नामावली संकलन सुरु भएको छ । पहिलो चरणमा आजदेखि ६ वटा पालिकामा मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ ।

 

पहिलो चरणमा मंंसिर १७ गतेदेखि २६ गतेसम्म ६ वटा स्थानीय तहमा मतदाता नामावली संकलनको काम हुने जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश कुमार राईले जानकारी दिनुभयो । बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका र रोशी गाउँपालिकामा मतदाता नामावली संकलनको काम हुनेछ ।

 

दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस १० गतेसम्म चल्ने छ । भुम्लु गाउपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकामा मतदाता नामावली संकलनको काम हुने जिल्ला निर्वाचन अधिकृत उमेश कुमार राईले जानकारी दिनुभयो ।

 

धुलिखेल नगरपालिकामा भने छुट्टै केन्द्र बनाएर मतदाता नामावली संकलन हुने छैन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय पनि धुलिखेल नगरपालिकाभित्रै रहेका छुट्टै केन्द्र नराखिएको हो । २०७७ साल पुसदेखि यताका मात्रै अद्यवधिक हुनेछ ।
मतदाता नामावली संकलन पालिकाको कार्यालयमै हुनेछ ।

 

सबै पालिकामा १०/१० दिन मतदाता नामावली संकलन हुनेछ । जिल्लाबाट एक जना फोटो खिच्न कर्मचारी सम्बन्धित पालिकामा पुग्नेछन् । जिल्लाबाट खटिने कर्मचारीलाई पालिकाले सहयोग गर्नेछ ।

 

जिल्लामा हालसम्म मतदाता संख्या २ लाख ९५ हजार ५ सय ७२ जना रहेका छन् । जसमा महिलाको संख्याको १ लाख ४५ हजार २६२ र पुरुषको संख्या १ लाख ५० हजार ३०९ जना रहेको छ ।

 

काभ्रेमा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २९२ जना मतदाता थिए । त्यसयता २३ हजार २८० जना अर्थात् ८.५ प्रतिशत मतदाता थपिएको निर्वाचन अधिकृत उमेश कुमार राईले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव पोखरेल सहित जिल्लाका स्थित ४ वाटै सुरक्षा निकाय प्रमुख सहभागि भएका थिए ।

 

मतदातामा नयाँ नाम थप गर्न के चाँहिन्छ ?
१. नागरिकताको सक्कल ।
२. ब्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।
३. नागरिकताको स्थायी ठेगाना र हाल बसोबास गरेको ठेगाना (मतदान गर्ने ठेगाना) फरक रहेको अवस्थमा बसाई सरेको कागज वा बिबाह दर्ताको सक्कल प्रमाणपत्र र एक प्रति फोटोकपी पनि पेश गर्ने ।

 

नामावली एक ठाउँबाट अर्को ठाउँमा सार्न के चाहिन्छ ?
१.मतदाता परिचयपत्र
२.नागरिकता सक्कल र एक प्रति फोटोकपी
३.सानुपर्ने कारणको कागजपत्र, सक्कल र नक्कल दुबै (बसाई सराइको कागज वा बिबाह दर्ताको कागज)
४.मतदाता स्वयं वा निजको परिवारको सदस्यले सार्न निबेदन दिन सक्ने ।

 

५.एक वडाबाट अर्को वडामा नामावली सार्दा पनि बसाई सराइको कागज चाहिने छ । पहिलेको जस्तो धारा, बत्तिको बिलले सार्न वा नयाँ थप गर्न सकिने छैन् ।
६.नामावली एक ठाउँबाट अर्को ठाउँ जिल्ला निर्वाचन कार्यालयले मात्रै गर्नेछ ।

Post Views: 106

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र

पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र

काभ्रेमा मतदाता नामावली संकलनः उत्साहजनक सहभागिता, निर्वाचन लक्षित दलहरु

काभ्रेमा मतदाता नामावली संकलनः उत्साहजनक सहभागिता, राजनीतिक दलको सहयोग कति ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!