मंसिर १० गते काभ्रेको विकट खानीखोला गाउँपालिमा माओवादी केन्द्रको दोस्रो अधिवेशन थियो । उक्त अधिवेशन प्रचण्डले उदघाटन गर्ने तय गरिएको थियो ।
तर मौसमका कारण प्रचण्ड खानीखोला जान पाउनु भएन् । टेलिफोनबाटै खानीखोलाका माओवादी कार्यकर्तालाई सम्बोधन गर्नुभयो । केहि दिन अघि मात्रै एमालेको पालिका अधिवेशन उदघाटन गर्न पूर्व मन्त्री एवं एमाले काभ्रेका जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा हेलिकप्टर चढेर तालढुंगा पुग्नुभएको थियो ।
त्यसपछि माओवादी पनि शंसकित थियो । छिमेकी महाभारत गाउँपालिकामा यसअघि प्रचण्ड पुगिसक्नु भएकाले यो पटक जसरी पनि तालढुंगामा प्रचण्डलाई लगेर आफ्नो पनि सिधा पहुँच प्रचण्डसँग छ भनेर देखाउँन चाहानुहुन्थ्यो, माओवादी नेता इन्द्र बहादुर थिङ (छिन्ताङ) । तर मौसमले छिन्ताङलाई साथ दिएन् ।
प्रचण्डको टेलिफोन सम्बोधनपछि छिन्ताङले बोल्नु भएको थियो । आफ्नो भाषण सुरु गर्दा प्रचण्डलाई ल्याउन नसकेको प्रति निकै भावकु मुद्रामा छिन्ताङ देखिनुभएको थियो । दुई पटक माफी समेत माग्नुभयो । तर भाषणको करिब करिब साढे ४ मिनेट बितेसकेपछि छिन्ताङ आक्रोशित मुद्रामा प्रस्तुत हुनुभयो ।
स्थानीय सरकार प्रति छिन्ताङ आक्रमक ढंगले प्रस्तुत हुनुभयो । खानीखोला गाउँपालिकामा नेकपा एमालेको सरकार छ । छिन्ताङ २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट पालिका अध्यक्षको उम्मेवादर हुनुहुन्थ्यो । छिमेकी महाभारत गाउँपालिकाका जनताले आफ्नै पालिकामा नागरिकता बनाउन पाएको र खानीखोला गाउँपालिका सरकारले कुनै चासो र सहयोग नगरेको छिन्ताङको भनाई थियो ।
त्यस्तै सुत्केरी महिलालाई उद्धार गर्न पनि महाभारतमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भइरहेको र तर खानीखोला गाउँपालिकामा लागु नभएको भन्दै स्थानीय सरकार निदाए बसेको ठोकुवा गर्नुभयो । जनताप्रति कुनै वास्ता नगर्दा छिमेकको गाउँपालिकाले लिइरहेको सेवा सुविधा एउटै भुगोल र एउटै समस्या झेलिरहेका खानीखोलाबासीले लिन नपाएको र यसको सबै जिम्मेवारी स्थानीय सरकारले लिनुपर्नेमा छिन्ताङको जोड थियो ।
हेटौँडासँग खानीखोला गाउँपालिका जोड्न बागमती खोलामा बन्ने पुलको टेण्डर ५ वर्षअघि नै भएको सुनिएपनि अहिलेसम्म त्यसको कुनै काम सुरु नभएको छिन्ताङको भनाई थियो । खानीखोला गाउँपालिकाका नागरिकको लागि यो पुल बन्यो भने आर्थिक उपार्जनका लागि हेटौँडा लाइफ लाइन हुने उहाँको भनाई थियो ।
अहिलेपनि खानीखोलाका विभिन्न भागमा पुग्ने सडक बर्खामा चल्दैन् । ती सडकहरु बाह्रै महिना चल्न योग्य बनाउनका लागि आफुले पहल कदमी लिने प्रचण्डले आफ्नो सम्बोधनमा बताउनुभएको थियो । सोहि कुरालाई आधार मान्दै छिन्ताङ बितेको ५ वर्षसम्म स्थानीय सरकारले केहि नगरेको भन्दै अब यी बाटो बाह्रै महिना चल्ने गराउने जिम्मा माओवादीले लिने र एमालेले गर्न नसक्ने दाबी गर्नुभयो ।
प्रचण्ड आउने भन्दै तालढुंगामा ओर्लिएका जनताकालाई साक्षी राखेर छिन्ताङले अब खानीखोला गाउँपालिकामा माओवादीले जिन्ते ठोकुवा गर्नुभयो । एमाले फुटेका कारण खानीखोलामा आफुहरुको जित सुनिश्चित रहेको उहाँको भनाई थियो । स्थानीय सरकारले चरम मनपरि गरेको छिन्ताङले बताउनुभयो ।
एमाले खानीखोला गाउँपालिकाको अधिवेशनमा गोकुल बाँस्कोटाले छिन्ताङको आवश्यकता रहेको बताएको तर्फ इंकित गर्दै छिन्ताङले माओवादीसँग एकाकार भएर अघि बढ्न एमालेलाई आग्रह गर्नुभएको थियो । ‘एमालेको नेताले नै छिन्ताङको खाँचो छ भनेपछि एमालेका साथीहरु किन त्यता बस्नुहुन्छ । आउनुस यता हामी तालि बजाएर स्वागत गर्छौँ । छिन्ताङले भन्नुभयो ।’
छिन्ताङको अभिब्यक्तिपछि नेकपा एमाले खानीखोला काभ्रे नाम गरेको फेसबुक अकाउण्डमा यस्तो लेखिएको छ । ‘खानिखोलामा १० गतेको कार्यक्रमको भासण कत्तिले सुने थाहा भएन । तर एमालेमा छिन्ताङ चाहिएको होइन अलि कति भाको त्यो पार्टीको पनि एमालेमा भित्र्याएर एउटा पार्टीको नाम मात्रको बाँकी त्यो पार्टी बनाउन खोजिएको हो ।’ खानिखोलामा छिन्ताङ क। जस्तो एमालेमा धेरै छन बुझी राखे हुन्छ । एमाले खानिखोलामा सशक्तै छ । जनताले बुझेको छ ।
Facebook Comments