जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका वडा नम्बर ९ मा रहेको करथरी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका बारे कक्षा सञ्चालन गरेको छ ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक नियम सम्बन्धी जानकारी दिने उदेश्यले प्रहरी नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठको नेतृत्वको टोलीले करथरी माध्यमिक बिद्यालयको कक्षा ८, ९ र १० का बिधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा सञ्चालन गरेको हो ।
ट्राफिक कक्षामा शिक्षकले समेत सहभागीता जनाएका थिए । विद्यार्थ र शिक्षकहरुसंग ट्राफिक नियमका बारे परामर्श समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
Facebook Comments