केन्द्रीय सदस्यमा निर्वाचित गोकुल बाँस्कोटाको अभिव्यक्ति प्राय सिधा सिधै आउँछ । पूर्व पत्रकार समेत रहेका बाँस्कोटाले नेपाली प्रेस माथि विभिन्न समयमा धावा बोल्दै आईरहेका छन् ।
७० करोडको काण्ड बाहिरिएपछि त झन् नेपाली मिडियासंग बाँस्कोटा आक्रोशित हुँदै आएका छन् । बाँस्कोटा अहिले १० औं महाधिवेशनका लागि चितवनमा छन् ।
आज बिहीन हिमालयन टेलिभिजनको प्रत्यक्ष प्रसारणको कुराकानी अहिले निकै भाईरल बनिरहेको छ । कुराकानीको शुरूमै बाँस्कोटाले अस्वाभाविक ब्यवहार संवाददाता माथि देखाउन खोज्छन् ।
टेलिभिजनको लोगो अंकित ‘बुम’ माईक र प्रेस कार्ड देख्दा देख्दै बाँस्कोटा ‘अँ कुन मिडिया रे, के भन्नुस’ भन्दै पत्रकारमाथि जाईलाग्न खोज्छन् ।
दायाँ बायाँ रहेकाहरू बाँस्कोटाले पत्रकारमाथि गरेको ब्यवहार देखि छक्क परेर हेरी बस्छन् । बाँस्कोटा त्यो अन्तर्वार्तामा बोलेका हरेक जसो शब्द अहिले टिकटकमा निकै ट्रोल बनिरहेको छ ।
५ मिनेट ६ सेकेण्ड अवधिको यो अन्तर्वार्ताका अधिकांश शब्द पत्रकार र नेपाली पत्रकारितालाई होच्याउने खालका छन् । यो समयमा बोलेको अधिकांश शब्दहरूमा अपरिपक्वपन भेटिन्छ ।
‘तपाईले कहाँ पढेर आको पत्रकारिता चाहिँ’ बाँस्कोटाले संवाददातालाई प्रश्न सोधेका छन् ।
Facebook Comments