एमाले सिन्धुपाल्चोक जिल्लाबाट ४ नेता केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एमाले अध्यक्ष केपी ओलीले घोषणा गरेको ३०१ मा सिन्धुपाल्चोकका ४ जना नेता केन्द्रीय सदस्यमा पर्नुभएको हो ।
सिन्धुपाल्चोकको दुई वटा निर्वाचन क्षेत्रबाट दुई÷दुई जनाको दरले नेताहरुलाई केन्द्रीय सदस्यमा चयन गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) र (ख) बाट निर्वाचित सांंसदद्वय अरुण नेपाल र शसेर नेपाल केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।
अरुण नेपाल यसअघि पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । अरुण र शसेर दुबै बागमती प्रदेश सरकारको पूर्व मन्त्री हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीद्वय शेर बहादुर तामाङ र दावा तामाङ केन्द्रीय सदस्य बन्नु भएको छ । दावा तामाङ पूर्व माओवादी खेमाका हुनुहुन्छ । दावा तामाङ प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसका निमा लामासंग पराजित हुनुभएको थियो । शेर बहादुर तामाङ हाल एमालेको केन्द्रीय कार्यालय सचिब समेत हुनुहुन्छ ।
सिन्धुपाल्चोकको केन्द्रीय सदस्यको आकांक्षी ८ जना थिए । जसमा ४ जना केन्द्रीय सदस्य बनेका हुन् । मेलम्ची नगरपालिकाका नगरप्रमूख एवं पुराना कम्युनिष्ट नेता डम्बर अर्याल केन्द्रीय अनुशासन आयोगको सदस्यमा चयन हुनुभएको छ ।
Facebook Comments