Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेसको जिल्ला कार्यसमितिमा शिव प्यानलको रजाँई, मधु प्यानलको कन्तबिजोक

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेसको जिल्ला कार्यसमितिमा शिव प्यानलको रजाँई, मधु प्यानलको कन्तबिजोक
Spread the love
    

 

काभ्रेमा शिव हुमागाई र मधु आचार्य प्यानल बीचको चुनावी भिडन्त सोचे भन्दा निकै फरक देखिएको छ । धेरैले जिल्ला उपसभापति नै सभापतिको उम्मेदवार बनेकाले निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थिए ।

 

तर त्यो अनुमानलाई मात खुवाइदैँ शिव हुमागाई प्यानलले जिल्ला कार्यसमितिको लगभग सबै पदमा आफ्नो स्पष्ट जीत निकालेको छ । निर्वाचन अघि आएको विभिन्न टिकाटिप्पणीले शिव हुमागाई स्वयम निकै तनाबमा थिए । खास गरी शिवको समूहले अच्युत पौडेललाई सघाउने तयारी गरिरहेको बारे मिलिजुली खबरले समाचार प्रकाशन गरेको थियो ।

 

उक्त समाचारले दबाब परेपछि शिव हुमागाईले अधिवेशनको अघिल्लो दिन राति हतार हतार आकस्मिक पत्रकार सम्मेलन नै गर्नु परेको थियो । शिव हुमागाईले उक्त पत्रकार सम्मेलनमा आफ्नो अधिकारिक समूह तीर्थ लामा सभापतिको उम्मेदवार सहितको रहेको भन्दै अरुलाई सहयोग गर्न नसक्ने स्पष्टिकरण दिनुभएको थियो ।

 

नभन्दै हुमागाईले पत्रकार सम्मेलनमा बोलेको बचनलाई ब्यवहारमा उतार्नुभयो । र आफ्नो समूहका सबै पदाधिकारी र सदस्यहरुलाई विजयी गराउन सफल हुनुभएको छ । तर जिल्लामा मधु आचार्य समूह भने नराम्रोसँग पराजय ब्यहोर्न बाध्य भएको छ ।

 

यदि मधु समूहले सहमति चाहेको हो भने सभापति शिव प्यानलाई छोडेर अन्य पदाधिकारीमा आफ्नो टिमका ब्यक्ति आउने सम्भावना थियो । वा सभापति सहित बहुमत सदस्य शिव प्यानललाई दिएर जिल्ला कार्यसमितिमा आफ्नो समूहको पनि उपस्थिति गराउन सक्थ्यो मधु समूहले । तर त्यो सहमति हुन सकेन । निर्वाचनमा दुबै प्यानल टिम बनाएर लडे ।

 

निर्वाचनबाट शिव प्यानलका सबै उम्मेदवारहरु अत्याधिक मत सहित विजयी हुँदा मधु प्यानलका उम्मेदवारहरुको मत समेत निकै कम छ । मधु समूहका कतिपय उम्मेदवारहरुले राति मतदान गर्दा शिव प्यानलले आफु अनुकुल गरेको आरोप लगाएका छन् । त्यो पनि मत परिणाम सार्वजनिक भइसकेपछि लगाइएका यस्ता आरोपको खासै अर्थ छैन् । यदि मतदानमा कुनै समूहले आफु खुशी गरिरहेको हो भने त्यहि बेला भन्न सक्नु पर्थ्यो ।

 

मधु समूहले निर्वाचन क्षेत्र नम्बर १ र २ मा आफ्नो समूहले प्राप्त गरेको मत बाहेक अन्य मत बटुल्न नसकेको प्रष्टै हुन्छ । सहमति गरेको हो भने मधु प्यानलबाट सम्भावना बोकेका कयौँ नेताहरु जिल्ला कार्यसमितिमा बसेर काम गर्न पाउथे । सहमतिको ढोका बन्द गर्दै दुबै पक्ष निर्वाचनमा गएपछि मधु समूह नराम्रो बढारिएको छ । यसको प्रत्यक्ष असर आगामी स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा देखिने कतिपय काँग्रेस निकटस्थहरु बताउँछन् ।

Post Views: 90

Spread the love
    

Facebook Comments

Next Post
फाइल तस्बिर

टिपरको ठक्करबाट घाइते पनौतीका केसीको निधन

तीर्थ लामाः वडा सचिबको जागिरदेखि संविधानसभा सदस्य हुदैँ काँग्रेस काभ्रेको जिल्ला सभापतिसम्म

तीर्थ लामाः वडा सचिबको जागिरदेखि संविधानसभा सदस्य हुदैँ काँग्रेस काभ्रेको जिल्ला सभापतिसम्म

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!