Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जुम्ल्याह इन्जिनियर राम-लक्ष्मण लामाद्वारा कुडारीमा विज्ञान तथा प्रविधि पुरस्कार वितरण

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
जुम्ल्याह इन्जिनियर राम-लक्ष्मण लामाद्वारा कुडारीमा विज्ञान तथा प्रविधि पुरस्कार वितरण
Spread the love
    

 

जुम्ल्याह इन्जिनियर राम-लक्ष्मण लामाले विज्ञान तथा प्रविधि पुरस्कार र समाज सेवी च्याङबातामाङ (खाईबा लामा) ले काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकुडारीमा सिर्जनशील जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई गरीब तथा जेहेन्दार पुरस्कार प्रदान गर्नुभएको छ ।

विद्यालय स्तरीय परीक्षाको परीक्षा फल प्रकाशित गर्दै विभिन्न विषयमा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई ती पुरस्कारहरू वितरण गरिएको हो । जस अन्र्तगत जुम्ल्याहइ न्जिनियर राम–लक्ष्मण लामाले विज्ञान तथा प्रविधि पुरस्कार कक्षा ९ की छात्रा स्वेता तामाङ, कक्षा ८ की छात्रा सन्ध्या लामा, कक्षा ७ की छात्रा लक्ष्मी गौतम र समाजसेवी च्याङबातामाङ (खाईबा लामा) ले गरीब तथा जेहेन्दार पुरस्कार कक्षा ७ की रञ्जिता भुजेललाई प्रदान गर्नुभयो ।

शैक्षिक सत्र २०७७÷७८ देखि लागु गरिएको उक्त पुरस्कारहरू उक्त विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूको विज्ञान, गणित र अंग्रेजी विषयमा उच्चतम औसत अंक प्राप्त गर्ने ३ जना विद्यार्थीहरूलाई प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । पुरस्कारको राशी जनही ५ हजार रुपैयाँ रहेको छ ।

नतिजा प्रकाशन समारोहमा बोल्दै पुरस्कारका संस्थापक डा.राम लामाले विज्ञान, गणित र अंग्रेजी विषयमा विद्यार्थीहरू दक्ष भयो भने भविश्यमा जुनसुकै क्षेत्रमा पनि प्रवेश पाउने धारणा राख्नु भएको थियो । ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि अवसर पाएको खण्डमा शैक्षिक क्षेत्रमा प्रगति गर्न सक्ने सम्भव भएको हँुदा यो पुरस्कारले थोरै भए पनि विद्यार्थीहरूलाई प्रेरणा मिल्ने अपेक्षा रहेको उहाँको भनाईछ ।

वडाध्यक्ष विरबल लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कारका संस्थापकद्धय डा.राम लामा र इन्जिनीयर लक्ष्मण लामा, सिर्जनशील पूर्व विद्यार्थी समाजका सदस्य जितबहादुर लामा, पूर्व विद्यार्थी क्षितिज लामा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–अभिभावक संघका पदाधिकारीहरू, शिक्षकहरू, अभिभावकहरू उपस्थिति हुनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झम्क बहादुर गौतमको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजीव लामाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन शिक्षकद्धय सुनिता लामा र आशाराम दोङले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

Post Views: 97

Spread the love
    

Facebook Comments

Next Post
सांसद लम्सालले थाले पाँचखाल र मण्डनदेउपुरका किसानलाई मल उपलब्ध गराउन पहल

सांसद लम्सालले थाले पाँचखाल र मण्डनदेउपुरका किसानलाई मल उपलब्ध गराउन पहल

धुलिखेल-३ मा नेकपा (एस) को भेला, वडा कमिटीले पायो पूर्णता (भिडिओ)

धुलिखेल-३ मा नेकपा (एस) को भेला, वडा कमिटीले पायो पूर्णता (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!