सिन्धुपाल्चोकका ८६ बर्षीय नर बहादुर खड्का र उहाँका दाजु ८८ बर्षीय रत्न बहादुर खड्का पनि सहभागि हुनुभएको छ । सिन्धुपाल्चोकदेखि एमालेको महाधिवेशनमा सहभागि हुदाँ पाउँदा आफुहरु निकै हर्षित भएको नर बहादुरले बताउनुभयो ।
एमाले प्रति जनताको क्रेज कम नभएको पाइएको छ । आजबाट चितवनमा सुरु भएको दशौँ महाधिवेशनका सहभागिको लाभलस्करले पनि त्यहि भन्छ । एमालेले ५ लाख भन्दा बढी कार्यकर्ता चितवनमा उतारेको दाबी गरेको छ ।
एमाले प्रति बृद्धबृद्धाहरुको ठूलो आशा र भरोसा देखिन्छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ सुरु गरेको बृद्धभत्ता कार्यक्रमले धेरै बृद्धबृद्धाको कल्याण गरेको छ । औषधी उपचार देखि मन लागेको बेलामा मिठो मसिना खाना समेत बृद्धभत्ताको रकमले बृद्धबृद्धालाई धेरै सहयोग पुगेको छ ।
अहिले बृद्धबृद्धा मासिक ४ हजार रुपैयाँ पुगेको छ । एमालेले २०५१ सालमा मानिस १ सय रुपैँयाबाट बृद्धभत्ता कार्यक्रम सुरु गरेको थियो ।
Facebook Comments