धुलिखेलमा नेपाली काँग्रेस काभ्रेको जिल्ला सभापतिका उम्मेदवार तीर्थ लामाको मुभमेन्ट निकै बाक्लिएको छ ।
सभापतिका उम्मदेवार लामाको सम्पर्क कार्यालय धुलिखेलमा छ । लामा निकटका सबै जसो नेता, सल्लाहकार, शुभचिन्तक, अधिवेशन प्रतिनिधि धुलिखेलमा जम्मा भएका छन् । जिल्ला अधिवेशन भोली बिहान ७ बजेबाट बनेपामा सुरु हुदैँछ ।
धुलिखेलका चिया पसल देखि कपी शपसम्म काँग्रेस कार्यकर्ताले भरिएको छ । तीर्थ लामालाई जुनसुकै अवस्थामा पनि जिल्ला सभापति जिताउने गरी लामा पक्ष लागेको छ । काभ्रेका प्रवक्ता महेश पौडेल पनि केहि अघि धुलिखेल आइपुग्नु भएको थियो ।
मधु प्यानलले सभापतिमा अच्युत प्रसाद पौडेललाई उम्मेदवार बनाएपछि शिव–तीर्थ समूह थप रणनीति बनाउन छुटेको छ । तीर्थ समूहले अन्य फरक समूहका नेता र प्रतिनिधिसँगको भेटघाटलाई निकै बाग्लो बनाएको छ । काभ्रेको जिल्ला कार्यसमितिमा लगभग सहमतिबाट नेतृत्व चयन हुने छैन् ।
निर्वाचन क्षेत्र नम्बर १ को मत परिणामबाट मधु समूहले संशकित बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा मधु समूह पत्तासाप भएको थियो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को मत परिणामपछि शिव–तीर्थ समूह पनि आवश्यक रणनीति बनाउन जुटेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा शिव–तीर्थ समूहबाट सभापतिको उम्मेदवार बन्नु भएका सुन्दरमणी आचार्य ८७ मत अन्तरले महेश खरेलसँग पराजित हुनुभएको थियो ।
काभ्रे काँग्रेस जम्मा प्रतिनिधि संख्या २५ सय ४४ जना रहेका छन् । सभापतिका उम्मेदवार तीर्थ लामा युवा प्रतिनिधि माज निकै लोकप्रिय हुनुहुन्छ भने अर्का उम्मदेवार अच्युत पौडेल सबै उमेर समूहले रुचाउने मध्येमा पर्नुहुन्छ । दुबै पक्ष अहिले पदाधिकारीको उम्मेदवार घोषणा गर्न लागिपरेको छ । अहिलेसम्म दुबै पक्षले सभापति बाहेक अन्य पदाधिकारी घोषणा गर्न सकेका छैनन् ।
Facebook Comments