नेकपा (एकीकृत समाजवादी) मण्डनदेउपुर नगरपालिका नगर कमिटीले वडा नम्बर ६ कोदारीमा टोल कमिटी गठन गरेको छ ।
आज भएको भेलाले रामकाजी राई (दनुवार) अध्यक्ष रहेको २१ सदस्यीय टोल कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी) मण्डनदेउपुर नगरपालिका नगरका उपसचिब गणेश पराजुलीले जानकारी दिनुभयो ।
टोल कमिटीको उपाध्यक्षमा सुमन राई र चिनीमाया राई, सचिबमा रामकृष्ण राई, उपसचिबमा कृष्ण राई र रामशरण राई रहनुभएको छ । टोल कमिटी गठन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) मण्डनदेउपुर नगरपालिका नगर कमिटी ईन्चार्ज डिल्ली प्रसाद आचार्य, नगर कमिटी अध्यक्ष गोकुल गौतम लगायतका नेताहरू पुग्नुभएको थियो ।
Facebook Comments