Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशन: जिल्ला सभापतिमा अच्युत प्रसाद पौडेलद्वारा उम्मेदवारी घोषणा

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशन: जिल्ला सभापतिमा अच्युत प्रसाद पौडेलद्वारा उम्मेदवारी घोषणा
Spread the love
    

 

यहि मंसिर १० गते हुने नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा अच्युत प्रसाद पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

निष्ठा, त्यागको राजनिती गर्दै चार दशकदेखि अहोरात्र नेपाली काँग्रेसमा खटिदै आउनु भएका अग्रज राजनितीज्ञ नेपाली कांग्रेस काभ्रेका उपसभापति रहनुभएका अच्युत प्रसाद पौडेलले सभापति पदमा उम्मेदबारी घोषणा गर्नुभएको हो ।

सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएका पौडेल आजै मात्रै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । खुल्ला सदस्य तर्फबाट पौडेल ६११ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

कांग्रेसलाई निरन्तर जोगाउन, बैचारिक रुपमा सशक्त रुपमा अघि बढाउन २०४७ सालदेखि २०७८ सालसम्म आईपुग्दा अच्युतप्रसाद पौडेलको नाँउ सुनौलो अक्षरले लेखिएको छ । निरन्तर रुपमा पार्टीको जिल्ला समितीमा रहेर उहाँले पार्टीलाई अतुलनीय योगदान दिनुभएको छ । जसको कारणले पटक पटक कांग्रेस काभ्रेमा स्थापित हुन मद्धत पुगेको छ ।

२०३६ सालदेखि नेबिसंघको राजनिती मार्फत आफुलाई राजनितीक कार्यकर्ताको रुपमा अघि सार्नुभएको पौडेलले अहिलेसम्म पनि कुनै लोभ र लालच नगरी पार्टीलाई आवश्यक परेको समयमा मन, धन र कर्मले सहयोग गर्नुभएको छ ।

किशोर अवस्थादेखिनै पार्टीको काममा लाग्नु भएको उहाँले कहिल्यै पनि जागिर खानु पर्छ भनेर सोच्नु भएन । परिवार पाल्नको लागि व्यापार व्यवसाय गर्नुभयो । त्याग र निष्ठालाई निरन्तर जीवनमा लागू गरिरहनु भयो । उहाँको आर्दशले समाजमा धेरै कुरा सिकेको छ ।

२०४८ सालमा काभ्रेका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति बन्नेमध्येको एक हुनुहुन्थ्यो पौडेल । उहाँसँगै मधुप्रसाद आचार्य, शिवप्रसाद हुँमागाई, शंखबुद्ध लामा क्षेत्रीय सभापति हुनु भएको थियो । करिब २१ बर्षसम्म क्षेत्रीय सभापति बनेर सो क्षेत्रको संगठन निर्माणमा उहाँले खेलेको भुमिका कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझेका छन् ।

आठौ महाधिवेशनदेखि ११ औ महाधिवेशनसम्म उहाँ क्षेत्रीय सभापति बनेर पार्टीलाई निरन्तर योगदान दिनुभयो । सोही महाधिवेशनदेखि हालको १४ औै महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधी भैसक्नु भएको छ ।

२०४७ साल माघ १३ देखि हालसम्म उहाँले जिल्ला समितीमा रहेर काम गरिरहनु भएको छ । नेपाली कांग्रेसको संगठन विभागमा रहेर काम गरेको अनुभव पौडेलसँग छ । उहाँ नेपाली कांग्रेस काभ्रेको सहसचिव, सचिव बन्दै अहिले उपसभापतिको भुमिकामा हुनुहुन्छ । धेरै संसदीय निर्वाचन, स्थानीय तहका निर्वाचनमा उहाँले निर्वाचन कमाण्डर बनेर धेरै नेताहरुलाई विजयी गराउनुभएको छ ।

आसन्न नेपाली कांग्रेसको निर्वाचनमा पटकपटक अरुको लागि सहयोग गरेका पौडेलले यस पटक भने आफै सभापति बन्ने भन्दै उम्मेदबारी दिएका पौडेलको पक्षमा असली कार्यकर्ता देखिएका छन् । खुसीयाली छाएको छ र जिताउन योजना बनाउन थालेका छन् । पौडेल टुप्पोबाट हैन फेदैबाट पलाएको नेतृत्व भएकाले त्यस्तो गर्विलो नेतृत्व पाउने भएपछि कांग्रेसका कार्यकर्ता दङ्ग छन् ।

निर्वाचनमा उम्मेदबारी घोषणा गरेसँगे पौडेलले आफुले नेपाली कांग्रेसमा लाग्ने निष्ठाबान कार्यकर्ताको लागि र उहाँहरुको आत्मसम्मानको लागि सभापति पदमा उम्मेदबारी दिएको भन्नुभयो । मैले अग्रजलाई निरन्तर सम्मान गरे अब मेरो पनि सभापति बन्ने समय आएकाले सो पदमा उम्मेदबारी दिएको हुँ पौडेलले भन्नुभयो । जित नजिक छ अग्रजको योजनालाई निरन्तर अघि बढाउने उहाँले भन्नुभयो ।

उहाँले अग्रज नेताहरुको सम्मानका लागि आफूले उम्मेदबारी दिएको बताउँदै काभ्रेका राजदास, गोपालदास, सप्तलाल,श्रीराम कर्माचार्य लगायत काभ्रेका तमाम अग्रज नेताहरुको सम्मानको लागि आफू अघि बढेको बताए । उहाँले अग्रजको बिचार पछ्याउनको लागि र उहाँहरुको उदेश्य परिपुर्तीका लागि उम्मेदबार बनेर विजयी हुने भन्नुभयो ।

युवाहरुलाई प्रोत्साहन दिनका लागि हो र युवाहरुलाई समय अनुसारको अवसर दिनको लागि उम्मेदबारी घोषणा गरेको भन्दै निष्ठाको राजनिती गर्नको लागि उम्मेदबारी दिएको स्पष्ट पार्नुभयो । उहाँले आफु कहिल्यै पनि कमाउनको लासि पार्टीमा आएको नभएर सर्मपणका लगि आएको भन्नुभयो । आसन्न निर्वाचनमा त्याग र निष्ठालाई जोगाउँदै कांग्रेसको विरासत कायम राख्नको लागि आफूलाई र आफ्नो टिमलाई मतदान गर्न अनुरोध गर्नुभयो।

Post Views: 222

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

काभ्रे काँग्रेस अधिवेशनः मत परिणामले सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

काभ्रे काँग्रेस अधिवेशनः मत परिणामले सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!