Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा खरेलको अग्रता कायमै

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा खरेलको अग्रता कायमै
Spread the love
    

काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको सभापतिका लागि दुई युवा बीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ । हिजो सुरु भएको अधिवेशनमा अहिले धमाधम मतगणना भइरहेको छ ।

जसमा महेश खरेलले आफ्नो अग्रतालाई कायमै राख्नु भएको छ । १२ सय ३० जना प्रतिनिधि रहेको यो निर्वाचन क्षेत्रमा १२ सय ८ मत खसेको छ । हालसम्म एक सय १५० मत को हाराहारिमा गनिसक्दा खरेलले आफ्नो अग्रतालाई कायमै राखिराख्नु भएको हो ।

खरेल, मधु आचार्य प्यानलबाट सभापतिमा होमिनु भएको हो भने सुन्दरमणी आचार्य शिव हुमागाई प्यानलबाट । अरनिको पार्टी प्यालेसमा मतगणना भइरहेको छ । दुबै समूहको नेता कार्यकर्ता मतगणना स्थलमा छन् । आफ्नो पक्षको मत बढी आउँदा हुटिङ गरिरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा पुरै पदाधिकारी शिव हुमागाई प्यानलले जीतेपछि निर्वाचन क्षेत्र नम्बर २ मा खरेललाई जीत्नै पर्ने दबाब छ । आफ्नो समूहको साखका लागि पनि खरेलको जीत आवश्यक छ । तर कुन उमेरदवारलाई जिताउने, हराउने अहिले कसैले निक्र्यौल गर्न सक्दैन् । किन भने हिजै मतदान भइसकेको छ ।

खरेल आफ्नो समूहको साख मात्रै होइनन् । आफ्ना पिता पूर्व राज्यमन्त्री राजेन्द्र खरेलको बिरासत पनि जोगाउन चाहान्छ । खरेललाई सम्भावित निर्वाचन क्षेत्र नम्बर १ को संसदीय निर्वाचनको उम्मेदवारका रुपमा समेत ब्याख्या गर्नेको संख्या काँग्रेस बृत्तमा धेरै छ ।

उसो त यो सभापति नजित्दैमा राजनीतिमै पूर्णविराम लाग्ने त होइन् । तर पार्टीभित्र सहमतिको प्रयास असफल भएपछि भइरहेको मतदानमा जित्दा खरेलको राजनीतिक यात्रा अझ तीब्र गतिमा अघि बढ्न सक्छ । खरेल काँग्रेसभित्र अगामी दिनमा काभ्रे जिल्लाको सिँगो नेतृत्व सम्हाल्ने मुहार देख्नेको संख्या ठूलो छ ।

पाँचखाल जस्तो बामपन्थीको लाल किल्ला भत्काएको जस पनि उनै महेश खरेललाई जान्छ । जे, जसरी भत्काएपनि बर्षै देखिको बाम किल्ला उनै खरेलले भत्काए । नगर प्रमुखमा विजयी भएर अहिले काभ्रे जिल्लामा राम्रो काम गर्ने नगरप्रमुख मध्ये खरेलको नाम पनि अग्रपंक्तिमै आउँछ ।

 

Post Views: 173

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एस) को वडा कमिटी गठन, अध्यक्षमा सुनिल

मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एस) को वडा कमिटी गठन, अध्यक्षमा मंगल तामाङ

गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?

गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!