नेपाली काग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा तीर्थ लामा प्यानल विजयी भएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ प्रतिनिधिमा १२ सय ६३ मत खसेको थियो । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सभापति सहितका सिँगो पदाधिकारीमा तीर्थ प्यानल विजयी बनेको हो ।
यद्यदी निर्वाचन अधिकारीहरुले अन्तिम घोषणा भने गरिसकेका छैनन् । तर तीर्थ प्यानलका सबै उम्मेदवारको प्रतिद्वन्द्वीसंग आफ्नो मतको अन्तर निकै फराकिलो छ ।
सभापतिमा दिनेश लामाले १ हजार ४१ मत प्राप्त गर्नुभएको छ । भकुण्डेमा अहिले सभापतिका उम्मेदवारी दिनेश लामालाई बधाई तथा शुभकामना दिन सुरु गरेका छन् ।
सचिबमा तीर्थ प्यानलका विद्यासागर लामाले ९२८ मत प्राप्त गर्नुभएको छ । भने किशोर राज गिरीले ८५० मत पाउनुभएको छ ।
सहचिबमा पनि तीर्थ प्यानलका गणेश प्रसाद अधिकारी र पदम बहादुर लामा विजयी हुनुभएको छ ।
Facebook Comments