काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ४ बखुण्डोल आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन उदघाटन गरिएको छ ।
नव निर्मित भवनको आज धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले उदघाटन गर्नुभएको हो । दुई तले पक्की भवन निर्माण भएको छ । ३८ लाख लागतमा भवन निर्माण गरिएको हो ।
कार्यक्रममा उप प्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सेढाई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, वडा नम्बर ४ का वडा अध्यक्ष रवीन्द्र कर्मचार्य, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, नगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका सहभागी हुनुभएको थियो ।
धुलिखेल नगरपालिकाले ‘स्वस्थ सहर’ कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरप्रमुख ब्याञ्जुले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले उल्लेख्य काम गर्दै आएको भन्दै ‘स्वस्थ सहर’ कार्यक्रमले धुलिखेल नगरपालिकाको समग्र स्वास्थ्य प्रणाली सुधारमा कोसेढुङ्गा साबित हुने भयो ।
Facebook Comments