आज काभ्रेका दुई वटा संघीय निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका अधिवेशन हुदैँछ ।
सबैभन्दा कडा प्रतिस्पर्धा निर्वाचन क्षेत्र नम्बर २ मा देखिएको छ । जहाँ मधु आचार्य प्यानलबाट महेश खरेलको टीम र शिव हुमागाई ःप्यानलबाट सुन्दरमणी आचार्यको टिम प्रतिस्पर्धा गर्दै छ । खरेल र हुमागाई यस पार्टीभित्रका विभिन्न निर्वाचनमा फरक फरक कित्ताबाट लड्दै आएका छन् ।
खरेल सरल स्वभावका नेता मानिनुहुन्छ । युवा माझ पनि उत्तिकै लोकप्रिय मानिनुहुन्छ । यी बाहेक निर्वाचन क्षेत्र नम्बर २ मा खरेललाई जिताउनुका केहि खास कारण पनि छन् ।
१. बाल काँग्रेसको नेतत्व गर्दै २०४६ सालको पञ्चायत जनआन्दोलनमा सहभागि भएको ।
२.२०५० सालको निर्वाचनमा नेपाली काँग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई निर्वाचित गराउन बाल काँग्रेस मार्फत नेतृत्वदायि भूमिका निर्वाह गरेको छ ।
३.विद्यार्थी जीवनकालमा नेपाल विद्यार्थी इकाई सभापति देखि क्षेत्रीय सभापतिसम्मको नेतृत्व सम्हालेको ।
४.अध्ययनको सिलसिलमा अमेरिकाको १४ बर्षे बसाईमा नेपार्ली काँग्रेस जनसम्पर्क समिति सदस्इ सचिबको रुपमा काम गरेको ।
५. अमेरिकाबाट एम.बी. ए सम्मको अध्ययन पुरा गरेको ।
६.अमेरिकामा रहेर पनि नेपालमा भएका विभिन्न आन्दोलनलाई सहयोग पुर्यान विभिन्न कार्यक्रमहरु गरेको ।
७.अमेरिकी जीवनशैली सुख सयल र ब्यापार ब्यवसाय सबै कुरा छोडेर देश र जनताको सेव ागर्नका लागि २०६८ सालमा नेपाल फर्की राजनीतिमा सक्रिय रहेको ।
८. नेपाल तरुण देलको केन्द्रीय सदस्य, तत्कालिन नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ को सभापति भएर सफलतापूर्वक कार्य सम्पन्न गरेको र स्थानीय तहको निर्वाचनमा गुट र उपगुट दबाब र प्रभावभन्दा माथि उठेर टिकट वितरण गरेको ।
९. भुकम्पको समयमा प्रत्येक वडा र बस्तीमा जनताको घरदैलोमा पुगी राहत तथा पुननिर्माण कार्यमा प्रत्यक्ष सहभागि भएको ।
१०.बाम किल्लाको रुपमा रहेको पाँचखाल नगरपालिकामा नगर प्रमुखको रुपमा विजयी भएको ।
११. बागमती प्रदेशको १ सय १९ वटा पालिकाहरुमध्ये उत्कृष्ट नगरप्रमुख र नगरापलिकाको रुपमा सम्मानित भएको ।
१२. नगरपाकिलाको महालेखा परीक्षणमा उत्कृष्ट हुन सफल पालिकाहरुमध्ये कम बेरुजु बनाउन सफल भएको ।
१३. नगरप्रमुखको रुपमा पाँचखाल नगरपालिकामा अर्बौको बजेट र सयाँैलाई रोजगारी दिलाउन सफल भएको ।
१४. नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय भवनको तेस्रो तल्लामा आफ्नो अगुवामा परिवारको सदस्याहरुका ३२ लाख सहयोगमा राजेन्द्र खरेल सभाहल निर्माण गरी पार्टीलाई हस्तान्तरण गरेको ।
निर्वाचन क्षेत्र नम्बर २ मा सभापतिमा खरेल, सचिबमा कृष्णबुद्ध बजगाई र नारायण सापकोटा, सह सचिबमा चिरञ्जवी आचार्य (दिलिप) र पुरुषोत्तम बजगाईको उम्मेदवारी परेको छ ।
काम प्रति लगनशील, बौद्धिक नेताको रुपमा रहनुभएका सभापति उम्मेदवार खरेल पार्टी निर्माणमा समेत उत्तिकै दखल राख्नुहुन्छ । पार्टीभित्र गुटभन्दा बाहिर बसेर काम गर्न रुचाउने नेता खरेल सभापतिमा निर्वाचित हुदाँ निर्वाचन क्षेत्र नम्बर २ मा अन्य विपक्षी दलहरुलाई समेत ठक्कर दिदाँ सजिलो हुने काँग्रेस बृत्तमा चर्चा छ ।
Facebook Comments