चितवनमा हुने एमालेको १० औ महाधिवेशनमा सिन्धुपाल्चोकबाट ५ जना नेताले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले सिन्धुपाल्चोकका नेताहरु सुबास कर्माचार्य, सरेश नेपाल, होम नारायण श्रेष्ठ, डोल्मा लामा र केदार क्षेत्रीले हालसम्म केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । अझै केहि नेताहरुले केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने अनुमान गरिएको छ ।
एमालेको १० महाधिवेशन यहि मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुदैँछ । एमाले सिन्धुपाल्चोकले महाधिवेशनमा सहभागि हुने प्रतिनिधिको समेत टुंगो लगाइसकेको छ ।
Facebook Comments