नेकपा (एकीकृत समाजवादी) ले सिन्धुपाल्चोक जिल्ला कमिटीलाई पूर्णता दिएको छ । हिजो चौतारामा बसेको पहिलो पूर्ण विस्तारित बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।
बैठकले नवराज पौडेल अध्यक्ष रहेको १३५ जना सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । जिल्लाको उपाध्यक्षमा रामजि थापा, सचिबमा बिनोद खनाल, उपसचिबमा डिबि थापा, अनिता लामा र कुमार राज घतानी हुनुहुन्छ ।
बैठकले सञ्जीव तामाङलाई कार्यालय सचिबको जिम्मेवारी दिएको छ । रबि भण्डारीलाई सचिवालय सदस्य सहित युबा विद्यार्थी ईन्चार्जको जिम्मेवारी तोकिएको छ । त्यस्तै रबिन्द्र भण्डारीलाई सचिबालय सदस्य सहित उद्योग बिभाग प्रमूख, संगिता रानामगरलाई सचिबालय सदस्य सहित महिला बिभाग प्रमुख र तोप बहादुर थापालाई सचिबालय सदस्य सहित स्वास्थ बिभाग प्रमुखको जिम्मेवारी तोकेको छ ।
बैठकले पालिका इन्चार्जहरु समेत तोकेको छ ।
Facebook Comments