नेपाली काँग्रेस काभ्रेको जारी प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा निर्विरोध निर्वाचित भएको छ । यो प्रदेशमा शिव–तीर्थको प्यानलका अधिकांश उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा शिव–तीर्थ प्यालनका सभापति राम बहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र मधु आचार्य प्यानलका रण बहादुर तामाङ, सचिबमा शिव प्यानलका दावा फेन्चु लामा र मधु प्यानलका रामशरण चौलागाई, सहसचिबमा शिव प्यानलका गोकुल प्रसाद भुर्तेल र बसन्त कुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको हो ।
नेपाली काँग्रेस काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर १ को अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा शिव हुमागाई प्यानलका सभापति चन्द्र बहादुर लामा निर्वाचित हुनुभएको छ । ४१३ मत ल्याएर सभापतिमा लामा विजयी हुनुभएको हो । मधु प्यानलका सभापति रोशनराज पाण्डेले २१२ मत ल्याउनुभएको छ ।
उपसभापतिमा केशव बञ्जराले ३८४ मत र सुर्दशन अधिकारी ३७४ मत ल्याएर विजयी हुनुभएको छ । बञ्जरा र अधिकारी दुबै शिव प्यानलका हुन् । सचिबमा अनिसल बल ३६१ मत र रुपक महत ३७३ मत सहित विजयी हुनुभएको छ । महत शिव प्यानलका हुन् । ्
सहसचिबमा विनोद तिवारी ३५२ मत र राम बहादुर घ्याबा ३६६ मत ल्याएर विजयी हुनुभएको छ । तिवारी र घ्याबा दुबै जना शिव प्यानलका हुन् । अन्य सदस्यहरुमा पनि शिव प्यानलको बढी विजयी भएका छन् ।
त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा शिव हुमागाई प्यानलका सभापति हेम लामा निर्वाचित हुनुभएको छ । लामाले ३०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिद्धन्द्धी मधु प्यालनका सभापति उम्मेदवार लक्ष्मी दनुवारले २४८ मत ल्याउनुभएको छ ।
उपसभापतिमा किरण श्रेष्ठ २७९ मत र २७२ मत ल्याएर जीवन खड्का विजयी हुनुभएको छ । उपसभापति श्रेष्ठ मधु र खड्का शिव प्यालनका हुन् । सचिबमा शिव प्यालनका उद्धव प्रसाद पौडेलले २७९ मत र मधु प्यानलका सजय तामाङले २८१ मत ल्याएर विजयी हुनुभएको छ ।
उपसचिबमा मधु प्यानलका अनिल लामाले २७१ मत र शिव प्यानलका रमिला बानियाँ २५० तल ल्याएर विजयी हुनुभएको छ ।
संघीय निर्वाचन क्षेत्र २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) मा मधु आचार्य प्यानलका सभापति रामहरि श्रेष्ठ विजयी हुनुभएको छ । शिव हुमागाईं प्यालनका सभापति उम्मेदवार भगवान अधिकारीलाई दुई मतले हराउँदै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले २९९ मत पाउँदा अधिकारी २९७ मत पाउनु भएको थियो ।
उपसभापतिमा शिव प्यानलका कुमुदा बैद्यले २८९ मत र मधु प्यानलका गंगा प्रसाद घिमिरेले ३१५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । त्यसैगरी सचिबमा मधु प्यानलका नेत्र प्रसाद ढकाल ३०७ र युगेश्वर कायस्थ ३०२ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिबमा पनि शिव प्यानलका दिपक लामिछाने २९० मत र मधु प्यानलका मन हरि ढकाल ३१५ मत सहित विजयी भएका छन् ।
काभ्रे काँग्रेसको हिजो ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन भएको थियो । जस मध्ये तीन वटा प्रदेश निर्वाचिन क्षेत्रमा मतदान भएको हो । तीन वटै प्रदेश निर्वाचन क्षेत्रको मत गनेर आज सकिएको छ ।
काँग्रेस काभ्रेको आगामी ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । १० गते जिल्ला सभापतिका लागि अधिवेशन हुने छ । अहिलेसम्म जिल्ला सभापतिका लागि तीर्थ लामाको मात्रै उम्मेदवारी परेको छ ।
Facebook Comments