काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को पक्षमा जनताको समर्थन ब्यापक देखिएको छ ।
भुम्लु गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले आजबाट वडा भेला सुरु गरेको छ । भेलाको सुरुवात ब्यापक जनताको साथ र समर्थनमा गरिएको नेकपा (एकीकृत समाजवादी) भुम्लु गाउँपालिका कमिटीका अध्यक्ष प्राणनाथ न्यौपाले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) ले आज पहिलो वडा भेला वडा नम्बर २ सिम्थलीमा गरेको हो । भेलाले कृष्ण बहादुर पहरीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा प्रवीण भण्डारी, सचिबमा राजकुमार महत र सहसचिबमा कृष्ण बहादुर महत रहनुभएको छ ।
भेलाले सल्लाहकार कमिटी, अखिल नेपाल महिला संघ र युवा संघ नेपालको पनि वडा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी) भुम्लु गाउँपालिका कमिटीका अध्यक्ष न्यौपानेले बताउनुभयो । वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि कृष्ण कुमार कार्की पनि नेकपा (एकीकृत समाजवादी) मै हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमालेको अत्यन्तै राम्रो मानिएको भुम्लु गाउँपालिका वडा नम्बर ४ चौबासमा पनि उत्साह जनक स्थानीयको साथमा वडा भेला सम्पन्न गरेको छ । भेलाले तारा बहादुर कुँवर (बिनोद) को अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा बद्री बहादुर थापा, सचिबमा विशाल कुँवर र उपसचिबमा रामकाजी महत रहनु भएको छ ।
सूर्यध्वज कुँवरको संयोजत्वमा युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । दुबै वडा भेलालाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमति प्रदेश कमिटीका उपाध्यक्ष एवं काभ्रे जिल्ला सह इन्चार्ज बिदुर सापकोटा, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटीका सचिब एवं सांसद लक्ष्मण लम्साल, जिल्ला कमिटी सचिवालय सदस्य एवं भुम्लु ईन्चार्ज सुरेश कक्षपति, नेताहरु कल्पना श्रेष्ठ, प्राणनाथ न्यौपाने, विद्यार्थी नेता बदन भण्डारी लगायतले सम्बोधन गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले भोली वडा नम्बर ३ बेखसिम्ले वडा भेला गर्दै छ । यस अघि पालिका कमिटी बैठकले वडा नम्बर ८ र ९ मा भेला आयोजक संयोजक तोकिसकेको छ । अन्य वडाहरुमा पनि क्रमशः वडा कमिटीलाई पूर्णता दिदैँ जाने नेकपा (एकीकृत समाजवादी) का भुम्लु गाउँपालिका कमिटी अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
Facebook Comments