खरिद ऐन प्रक्रिया अनुसार स्वास्थ्य बिमाकाे औषधी खरिद लगायत आवश्यक सामग्रीहरू खरिद गर्दा सूचना आह्वान गर्नुपर्ने अथवा काेटेशन मार्फत खरिद गर्ने प्रक्रिया ऐनमा व्यवस्था छ । तर बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मेडिकल अधिकृत डाक्टर जीवन राज श्रेष्ठले ऐन, नियम र कानुन विपरित आफू खुसी मिलेमतोमा सुटुक्क औषधी डिलरबाट खरिद गरेर कमिसन खाएकाे कुरा बाहिर आएको छ ।
औषधी खरिदमा ठूलाे रकम भष्ट्रचार गरेकाे आरोप डाक्टर जीवन राज श्रेष्ठलाई छ । यस कारण सरकारले लागू गरेकाे स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन समस्या आएको त्यस प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूकाे भनाई छ ।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको चरम लापरबाहीकाे कारण समयमा स्वास्थ्य उपचार नपाएकाे बिरामी र उनका आफन्तहरूले गुनासाे गरेका छन् । समयमा बिरामीलाई सेवा उपचार नदिने, आकस्मिक सेवामा पनि ढिला सुस्ती भएकाे चरम गुनासाे आएको छ । सेवाग्राही, बिरामीहरूलाई राम्राे व्यवहार नगर्ने समयमा उपचार नगर्ने, त्यही स्वास्थ्य केन्द्रमा उपचार हुने केसहरू पनि बाहिर अस्पतालमा रिफर गर्ने गरेको आरोप डाक्टर जीवन राज श्रेष्ठ माथि छ ।
डाक्टर श्रेष्ठ माथि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रकाे व्यवस्थापन समितिकाे बैठकमा जनप्रतिनिधि, नगरपालिका अधिकृत, स्वास्थ्य प्रमुख लगायत व्यवस्थापन समितिकाे सम्पूर्ण पदाधिकारीहरू बसेर गरेकाे निर्णयहरू कुनै पनि कार्यान्वयन नगर्ने आरोप छ ।
सबै काम डाक्टरले एकलौटी ढंगले आफू खुसी मापदण्ड विपरीत गरेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे स्वास्थकर्मीहरूकाे ठमाई छ । नगरबासी, बिरामी र आफन्तबाट गुनासो आएपछि आज नगर निमफुञ्जो शेर्पाले तत्काल बैठक बाेलाएर आवश्यक छानबिन गरि कारबाही गर्न निर्देशन दिनुभएको छ ।
Facebook Comments