काभ्रे काँग्रेसको आसन्न १४ अधिवेशनका लागि जिल्ला सभापतिमा ‘शिव–तीर्थ’ प्यानलले आफ्नो टिम तयार गरेको छ ।
आज बनेपाको एक पाटी प्यालेसनमा ‘शिव–तीर्थ’ प्यानलले आफ्नो टिम घोषणा गरेको हो । पूर्व जिल्ला सभापति शिव हुमागाईले ‘टिम तीर्थ’ का उम्मेदवारलाई खादा, माला लगाएर शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा अधिकांश काँग्रेसका पालिका सभापति उपस्थिति भएका थिए । सयौँ प्रतिनिधि, शुभचिन्तक, शुभेच्छुकका बीच ‘टिम तीर्थ’ घोषणा गरिएको हो । जिल्ला सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा गरिएको छ । अन्य पदाधिकारी घोषणा गरिएको छैन् ।
काभ्रेको दुई वटा संघीय क्षेत्र नम्बरमा पनि ‘शिव–तीर्थ’ प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा जिल्ला सचिब दिनेश लामाले उम्मेदवारी दिनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ को सचिवमा किशोर गिरी र विद्या सागर लामा, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी रहनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापतिमा राम योञ्जन, सचिबमा नवराज दाहाल र दावा फेन्चु लामा, सहसचिबमा बसन्त तामाङ र गोकुल भुर्तेल रहनुभएको छ । दुई जना उपसभापतिको उम्मेदवारी दिन बाँकी छ ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (ख) को सभापतिमा चन्द्र बहादुर तामाङ, उपसभापतिमा सुदर्शन अधिकारी र केशब बञ्जरा, सचिबमा रुपक महत, सहसचिबमा बिनोद तिवारी र राम बहादुर ग्याबा हुनुहुन्छ । एक जना सचिबको उम्मेदवारी घोषणा गर्न बाँकी छ ।
निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा सुन्दरमणी आचार्यले उम्मेदवारी दिनुभएको छ । सचिबमा राम जोशी र आनन्द सापकोटा रहनुभएको छ । दुई जना सहसचिबको उम्मेदवारी दिन बाँकी छ ।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापतिमा हेम लामाको उम्मेदवारी घोषणा गरिएको छ । उपसभापतिमा जीवन खड्का, सचिबमा उद्धब प्रसाद पौडेल र दमन अधिकारी, सहसचिबमा रमिला बानियाँ र आशाकाजी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । एक जना उपसभापतिको उम्मेदवारी घोषणा गर्न बाँकी छ ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (ख) को सभापतिमा भगवान अधिकारीको उम्मेदवारी घोषणा गरिएको छ । उपसभापतिमा तारामान लामा र कुमुदा बैद्य, सचिबमा गिता प्रसाद दुलाल र रामहरि दाहाल, सहसचिबमा हरि थापा र दिपक लामिछाने रहनुभएको छ ।
उम्मेदवारी घोषणा गर्न बाकी पद र ठाउँमा जतिसक्दो छिटो उम्मेदवारी घोषणा गरिने ‘शिव–तीर्थ’ प्यालनले जनाएको छ । यहि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्र, ६ गते संघीय निर्वाचन र मसिंर १० गते जिल्ला अधिबेशन हुने छ । आजसम्म आइपुग्दा काँग्रेसको कुनै पनि निकायको पदाधिकारीमा निर्विरोध निर्वाचित हुने सम्भावना कमजोर बनेको छ ।
Facebook Comments