Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

माओवादीले सत्ताको दुपयोग गर्दा मध्य भोटेकोशी आयोजना समस्यामा, स्थानीय आन्दोलित

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
मध्य भोटेकोशी आयोजनामा माओवादी ज्यादती विरुद्ध स्थानीयले थाले आन्दोलन
Spread the love
    

सत्ता र शक्तिको बलमा सिन्धुपाल्चोक जिल्लामा निर्माणधिन मध्य भोटेकोशी जलविद्यूत आयोजनाामा माओवादीले कब्जा गर्न खोजेको भन्दै स्थानीयले आन्दोलन थालेका छन् ।

आज मध्यभोटेकोशी जलविद्यूत आयोजना सरोकार समितिले बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पा, उपप्रमुख सुशिला पाख्रिन, प्रभावित क्षेत्रका वडाध्यक्षहरु र स्थानीयको उपस्थितिमा बैठक राखेर आन्दोलन गर्ने निर्णय गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले नगरप्रमुख, उपप्रमुख र प्रभावित क्षेत्रको वडाध्यक्षहरुको समेत कुरा नमान्ने भन्दै मंसिर ७ गतेबाट आन्दोलन गर्ने बताएका छन् ।

बैठकले आयोजनाका सिइओ र एमडीलाई आयोजना स्थलमै बस्नु पर्ने माग गरेको छ । आयोजनाले ७ वटा सुविधा सम्पन्न भवन निर्माण गरेता पनि सिइओ र एमडी सहितका कर्मचारीहरु महँगो भाडा तिरेर कार्यक्षेत्र बाहिर बस्दै आएका छन् ।

बैठकले आयोजनाको ठेकेदार कम्पनीले आवश्यक गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीहरु अन्यन्त्र निकास गरेर गैरकानुनी र मापदण्ड विपरित बिक्री गर्दै आएको भन्दै तत्काल त्यो कार्य रोक्न भनेको छ । त्यसैगरी आयोजनाले निर्माणको क्रममा निकाल्ने कबाडी सामग्री मापदण्ड नपुर्याई कुनै पनि सूचना प्रकाशित नगरी मिलेमत्तोमा रातारात ढुवानी गरेर बिक्री वितरण गर्दै आएको भन्दै यो काम पनि तत्काल राक्न र छानविन गरेर दोषी माथि कडा बारबाही गर्न माग गरेको छ ।

विगतमा आयोजनाले सरोकारवाला र प्रभावित क्षेत्रका स्थानीयहरुसँग सम्झौता गर्दा रोजगारी र अन्य सेवा सुविधाको हकमा स्थानीयलाई प्राथमिकता दिने सहमति भएपनि कर्मचारी, मजदुर, सुरक्षा गार्ड भर्ना र नियुक्ती गर्दा सबै बाहिर क्षेत्रको राख्न थालेको, राजनीतिक स्वास्र्थ बोकेका आसेपासेलाई राख्ने गरिएको भन्दै यस्तो गतिविधि नगर्न भनिएको छ ।

अहिले आयोजनामा सुरक्षाको कारण देखाउँदै माओवादी कार्याकर्ता भर्ती गरिएको छ । सिइओ र एमडीको प्रत्यक्ष सहभागितामा माओवादी नेताहरुको घर परिवारका सदस्य र आफन्तलाई सुरक्षा गार्डको रुपमा नियुक्ती गरिएको छ । आयोजनाले यसअघि कर्मचारी नियुक्ति गर्दा प्रभावित क्षेत्रका स्थानीयलाई पहिलो प्राथमिकता दिने सहमति गरेको थियो । तर माओवादीले आफ्नो अर्थ मन्त्री र जलस्रोत मन्त्री रहेको मौका छोपेर आयोजनालाई माओवादीकरण गर्न खोजेको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।

बैठकले आयोजनाको ठेकेदार कम्पनीले प्रभावित क्षेत्रबाट भर्ना भएका स्थानीय मजदुरहरुलाई निकालेर राजनीतिक स्वार्थ, ब्यक्तिगत स्वार्थ र आर्थिक लाभ हुने हिसाबले अनियमितता र चोरी चाकरी गरी सहयोग गर्नेहरुलाई नियुक्ती गर्दै भष्ट्रचार जन्य कार्य गरेको दाबी गरेको छ ।

बैठकले अनियमितताको कार्यमा आयोजना कम्पनीका एमडी राम गोपाल सिवाकोटी संलग्न रहेको भन्दै छानविन गरेर कारबाही गर्दै माग गर्दै आयोजनाको कुनै पनि काम अघि बढ्न नदिने निष्कर्ष निकालेको छ ।

२०७४ सालमा सक्नुपर्ने यो आयोजना २०७८ सालको ८ महिना सकिदाँ पनि सकिने कुनै छाटकाट छैन् । सिइओ र एमडीले आयोजनालाई कमाई खाने थलोको रुपमा लिदाँ आयोजना सञ्चालनमा नआउँदै बन्द हुने अवस्थामा पुगेको हो । स्थानीयहरुले आफ्नो ठाउँको आयोजनाको सुरक्षा गर्न आफुहरु सक्षम रहेको बताएका छन् । तर आयोजनाका सिइओ र एमडीले माओवादी नेताका परिवारका सदस्य र आफन्तलाई बिना सूचना धमाधम नियुक्ति गरेपछि स्थानीय प्रभावित क्षेत्रका नागरिकहरु आन्दोलित बनेका हुन् ।

 

 

 

Post Views: 168

Spread the love
    

Facebook Comments

Next Post
यस्तो छ काभ्रे काँग्रेसमा ‘टिम तीर्थ’

यस्तो छ काभ्रे काँग्रेसमा ‘टिम तीर्थ’

आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल मंसिर २ गते बिहीवारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!