काभ्रे कांग्रेसको शिव-तीर्थ प्यानलको उम्मेदवारी घोषणामा ढिलाई भएको छ ।
बनेपाको पन्चकन्या पाटी प्यालेसमा २ बजे उम्मेदवारी घोषणा गर्ने समय तय गरिएपनि अझै कार्यक्रम औपचारिक रुपमा सुरु हुन सकेको छैन ।
प्रतिनिधि, शुभचिन्तक, शुभेच्छुक, पत्रकार कार्यक्रम स्थलमा आईसकेका छन् । नेताहरू शिव हुमागाईं, तीर्थ लामा लगायत पनि कार्यक्रम स्थलमा आईसकेका छन् । तर अहिलेसम्म कार्यक्रम सुरू हन सकेको छैन ।
नेताहरू बीच उम्मेदवारीमा सहमति जुट्न नसकेको देखिन्छ । अहिले पनि शिव हुमागाईं र तीर्थ लामा कार्यक्रम स्थलमै छलफलमा छन् । कार्यक्रम स्थलमा कांग्रेस प्रतिनिधि, शुभचिन्तक, शुभेच्छुकको ठूलो संख्या जम्मा भएको छ ।
शिव-तीर्थ प्यानलले काभ्रेको जिल्ला सभापति सहित पदाधिकारी, दुबै संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय समिति घोषणा गर्ने छ ।
Facebook Comments