Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा एमालेको पालिका अधिवेशन सुरू
Spread the love
    

एमाले काभ्रेले विभिन्न रस्साकस्सीका बिच सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

तर महाधिवेशन प्रतिनिधि छनौटमा माओवादीबाट आएकाको प्रतिनिधित्व निकै कमजोर देखिएको छ । ३४ जना प्रतिनिधि छनौट हुदाँ माओवादीबाट आएका जम्मा ४ मात्रै रहेका छन् । नेकपाकालिन अवस्थालाई नै निरन्तरता दिदैँ एमालेमा बसेका मध्ये चुडामडी गौतम, नकुल प्रसाद पराजुली, रिता ढकाल र बिष्णु बहादुर मिजार मात्रै महाधिवेशन प्रतिनिधिमा चयन हुनु भएको हो ।

महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका १०५ जना मध्ये नेकपा माओवादी पृष्ठभूमिबाट आएका १५ जनाभन्दा बढी थिए । काभ्रेमा माओवादी पृष्ठभूमिबाट एमालेमा समाहित हुदाँको संगठीत सदस्य नै १२ देखि १५ सय रहेको बताइन्छ । तर महाधिवेशन प्रतिनिधि छनौटम एमालेले एक लौटी गरेपछि माओवादी थप कमजोर बनेको छ ।

महाधिवेशन प्रतिनिधिमै एमालेले कब्जा जमाएपछि यसको असर केन्द्रमा समेत पर्ने देखिन्छ । केन्द्रमा सर्वसम्मत चयन नभएर यदि चुनाव हुने परिस्थिति बन्यो भने माओवादी निकटका उम्मेवादरलाई एमालेका प्रतिनिधिले मत नदिने सम्भावना उत्तिकै बढी देखिन्छ । ‘जिल्लामा अहिले महाधिवेशन प्रतिनिधि छनौटमा त यस्तो एकलौटी छ भने केन्द्रको अवस्था के होला । यदि केन्द्रमा नेतृत्व सर्वसम्मत चयनको अवस्था आएन भने माओवादी खेमाकालाई निकै गाह्रो हुने अवस्था देन्छु । नाम उल्लेख नगर्ने सर्तमा एक जना एमाले जिल्ला कमिटी सदस्यले मिलिजुली खबरसँग भने ।’

काभ्रेमा एमालेले १३ वटा स्थानीय तह र १३५ वटा वडामा अधिवेशन सकाउँदा एक ठाउँमा पनि माओवादी खेमालाई नेतृत्वमा ल्याएको छैन् । केहि ठाउँमा पदाधिकारीसम्मको जिम्मेवारी दिएपनि नेतृत्व गर्ने गरी भने कुनै पनि ठाउँमा माओवादी खेमालाई दिइएको छैन् । कतिपयले हिजो नेकपाकालिन अवस्थाबाट आएका कारण यत्तिमै चित्त बुझाएका छन् भने कतिपयले चाँहि केन्द्रमा आफुहरुको खेमाको उपस्थिति कमजोर गराउन जिल्लाबाटै प्रतिनिधि छनौटमा गडबढी गरेको बताएका छन् ।

यी हुन् काभ्रेबाट छनौट भएका महाधिवेशन प्रतिनिधि

छनौट भएका प्रतिनिधिमा धेरै जसो जनप्रतिनिधि छन् । खुल्ला तर्फ एमाले काभ्रे जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिका मेयर अशोक बयान्जु, जिल्ला कमिटी सचिब नारायण पाण्डे, कुमार थापा, रेशमवहादुर लामा, राजन भुर्तेल, पूर्वमन्त्री एवं प्रदेश सांसद चन्द्र लामा, कञ्चन अधिकारी, विदुरप्रसाद सापकोटा महाधिवेशन प्रतिधिनि चयन हुनुभएको छ ।

त्यसैगरी खुल्ला तर्फबाटै केशव बडाल, दिलिप तामाङ, चुडामणि गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ, कृष्णवहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण वस्ताकोटी, राजकुमार सापकोटा, वेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ रहनुभएको छ ।

म्हिला कोटाबाट प्रदेश सांसद गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गीता बन्जारा, शान्ता न्यौपाने, रिता ढकाल, बिमला शर्मा, सुभद्रा अधिकारी, बिमला सापकोटा, भक्तकुमारी लामा रहनुभएको छ ।

समावेशी कोटाबाट तेज नेपाली, इन्दिरा मिजार र गीता सुनार सर्बसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । एमालेको १० राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुदैँछ ।

 

Post Views: 113

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे कांग्रेस अधिवेशन: शिव-तीर्थ प्यानलको उम्मेदवारी घोषणामा ढिलाई

काभ्रे कांग्रेस अधिवेशन: शिव-तीर्थ प्यानलको उम्मेदवारी घोषणामा ढिलाई

काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा

काभ्रे कांग्रेसको सभापतिमा तीर्थ लामाको उम्मेदवारी घोषणा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!