काभ्रे काँग्रेसमा अधिवेशनको सर्गर्मी ह्वात्तै बढेको छ । काँग्रेसको मंसिर ३ गते प्रदेश निर्वाचिन क्षेत्र, ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्रक र मसिंर १० गते जिल्ला अधिबेशनको घोषणासँगै राजनीतिक माहोल निकै तातेको छ ।
सबैभन्दा रोचक भिडन्त चाँहि निर्वाचिन क्षेत्र नम्बर २ मा हुने देखिएको छ । काभ्रे काँग्रेसमा आज भएको गुटको पछिल्लो फेरबदले अधिवशेन अझ रोचक हुने देखिएको हो । दुई वटा गुट सतहबीच तीब्र प्रतिस्पधार्न हुनेछ । विभिन्न गुटलाई मिलाएर जिल्लामा देउवा गुट निकै बलियो देखिएको छ ।
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा हाल निर्वाचन क्षेत्र नमबर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) का सभापति महेश खरेल र काँग्रेसका अर्को प्रभावशाली युवा नेता सुन्दर मणी आचार्यले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार प्रसारमा होमिएका छन् । सभापतिका दुबै जना उम्मेदवार काँग्रेस भित्र लोकप्रिय पनि छन् । दुबै जना पाँचखाल नगरपालिकाभित्रकै हुन् ।
महेश खरेललाई जिल्ला सभापति मधु आचार्य, गणेश लामा, तीर्थ पसलख, कञ्चन चन्द्र बादे लगायतका समूहको साथ रहेको छ । वडा र पालिका अधिवेशनमा रहेको गुट नै प्रदेश निर्वाचिन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनसम्म कायम रहने देखिएको छ । महेश खरेल आफ्ना पिता राजेन्द्र खरेलको नाममा आउने सान्त्वना भोटको समेत अपेक्षा सहित जीतको नजिक रहेको उनी निकटस्थहरु बताउँछन् । महेशका पिता पूर्व शिक्षा राज्यमन्त्री हुनुहुन्छ ।
क्षेत्रीय सभापतिका अर्का उम्मेदवार सुन्दर मणी आचार्यलाई गुट टुटफुट पछि निकै संकट रहेको बताइएपनि तीर्थ लामा समूहले सहयोग गर्ने सहमतिपछि खरेल भन्दा आचार्य शक्तिशाली बनेका छन् । युवा प्रतिनिधि माज महेशको भन्दा सुन्दर मणीको राम्रो पकट रहेको स्रोतको दाबी छ । बिहानसम्म धेरै जसोले आचार्यलाई केबल शिव हुमागाई समूहले आफ्नो साख जोगाउनका लागि मात्रै सभापतिको उम्मेदवार बनाएको टिप्पणी गरेका थिए । तर शिव हुमागाई र तीर्थ लामा बीचको पुर्नमिलनले पुरानै समीकरण बलियो भएको छ ।
१३ औ अधिवेशनमा पनि खरेल र आचार्य एउटै क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । त्यो बेला आफु माथि शिव हुमागाईको सरक्षण र आचार्यको निर्देशनमा आक्रमण भएको खरेलले आरोप लगाउनुभएको थियो । यो पटक पनि झडपको अवस्था नआउला भन्ने सकिन्न । जुनै पनि हालतमा संघीय निर्वाचन क्षेत्रिय सभापति बन्ने दुबैको महात्वकांक्षाको टकराबले अन्ततः झडपको अवस्था नआउला भन्न सकिने अवस्था छैन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लु गाउँपालिका पुरै, धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, पनौती नगरपालिकाको १, २, ३, ११ र १२ तथा बेथानचोक गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर गरी ६६ वटा वडा पर्छन् ।
Facebook Comments