काभ्रे संघीय निर्वाचिन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको सभापति उम्मेदवार घोषणा लगत्तै महेश खरेलले आफ्नो गतिविधिलाई तीब्र पार्नुभएको छ ।
हाल निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा (क) का सभापति रहनुभएका खरेलले १४ औँ अधिवेशनमा संघीय निर्वाचन क्षेत्र नम्बर २ का लागि सभापति उम्मेदवार घोषणा गरेर प्रचारप्रसारमा होमिनुभएको हो । आज मात्रै धुलिखेलमा आफु निकटका काँग्रेस प्रतिनिधिहरुसँग खरेलले छलफल गर्नुभएको छ ।
काभ्रेमा केन्द्रिय सभापति शेर बहादुर देउवा समूहको साथमा क्षेत्रीय सभापतिको उम्मेदवार घोषणा गर्नुृभएका खरेलले पार्टीभित्रको भेटघाट र छलफललाई तिब्रता दिनुभएको हो । खरेललाई जिल्लामा तीर्थ लामा समुहरुले पनि पूर्ण रुपमा सघाउने सहमति भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लु गाउँपालिका पुरै, धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, पनौती नगरपालिकाको १, २, ३, ११ र १२ तथा बेथानचोक गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर गरी ६६ वटा वडा पर्छन् ।
खरेलले यसअघि वडा अधिवेशनबाट निर्वाचित भएर आएका सबै जसो क्षेत्रिय प्रतिनिधिलाई भेटिरहेका छन् । आफ्नो योजना सुनाइरहेका छन् । कांग्रेसभित्रको समीकरणमा एकाएक आएको बदलाबले खरेलको जीत सुनिश्चित रहेको उनी निकटस्थहरु बताउँछन् ।
आगामी जिल्ला सभापतिको उम्मेदवारमा हाल संघीय निर्वाचन क्षेत्र नम्बर १ का सभापति रहनुभएका तीर्थ लामालाई बनाउने सहित बनेको नयाँ समीकरणमा जिल्ला सभापति मधु आचार्य, नेताहरु अच्यूत पौडेल, कञ्चनचन्द्र बादे, गणेश लामा, तीर्थ पसखल, महेश खरेल छन् ।
तर यो समीकरण जिल्ला अधिवेशनसम्म जानेमा भने धेरैले आंशका गरेका छन् । कतिपय संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनसम्म मात्रै यो समीकरण रहन सक्ने आंकलन गरेका छन् ।
Facebook Comments