बनेपाबाट मयूर यातायातको बस चढेर आउनुभएकी धुलिखेल नगरपालिका वडा नम्बर १० की सारदा भण्डारीको घाँटीमा रहेको सुन लुटिएको छ ।
शुक्रबार ११ बजेर १५ मिनेट जाँदाको समयमा मयुर यातायातबाट धुलिखेल आर्लिदै गर्दा सोहि बसमा आएका अपरिचित ब्यक्तिले ७५ बर्षीय भण्डारीको घाँटीमा रहेको १ तोला २२ लालको सुनको सिक्री लुटेर फ रार भएका हुन् ।
मयुर यातायातमा सँगै आएका यात्रुले सुन लुटेर धुलिखेल काठमाण्डौ चल्ने बसमा भागेको प्रत्यक्ष दर्शीले बताएका छन् । सुन लुटिएसँगै तत्काल प्रहरीलाई खबर गरिए पनि अहिलेसम्म कोहि पनि पक्राउ नपरेको बृद्धका छोरा गोविन्द भण्डारीले मिलिजुली खबरलाई बताउनुभयो ।
‘आमाको घाँटीबाट सिक्री लेट्नेहरु धुलिखेलको बसमा भागेको फल्फुल बेच्नेहरु देखेका रहेन्छ । उक्त घटना सि सि क्यामाराबाट पनि देखियो । प्र हरी कार्यालयबाट फुटेज हेरिएको थियो । तर अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन् । बृद्ध बृद्धाहरु गडीमा चढ्दा निकै असुरक्षित हुने भयो । धुलिखेल जस्तो ठाउँमै घाँटीको सिक्री लुटिन्छ भने अन्य ठाउँको अवस्था कस्तो होला ? गाविन्दले भन्नुभयो ।’
Facebook Comments