नेकपा (एकीकृत समाजवादी) ले पनौती नगरपालिका वडा नम्बर ४ मा वडा कमिटी गठन गरेको छ । आज भएको वडा स्तरिय कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो ।
भेलाले वडा कमिटी अध्यक्षमा नरेन्द्र बस्नेत,
उपाध्यक्षमा ईश्वर बञ्जारा र गंगा श्रेष्ठ, सचिबमा बुद्ध कुमार श्रेष्ठ, उप सचिबमा हरिहर थापा रहनु भएको छ । दुई जना उपसचिब पछि मनोनित गर्ने छ ।
भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ । भक्त बहादुर श्रेष्ठ, शालिकराम बञ्जारा, देव तामाङ, राम बहादुर बस्नेत र जगत बहादुर रायमाझी रहनुभएको छ । वडा ईन्चार्ज डिबी कार्की चयन हुनुभएको छ ।
वडाध्यक्ष बुद्ध सिं थापाको अध्यक्षतामा भएको भेलाले युवा संघ नेपाल र अखिल नेपाल महिला संघको वडा कमिटी पनि गठन गरेको छ । युवा संघको वडा कमिटी अध्यक्षमा सुरज खड्का, उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिबमा सुरेश केसी, सहसचिबमा श्रीकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठ सहितको कमिटी गठन गरिएको छ ।
अनेम संघको वडा कमिटी अध्यक्षमा सिता आचार्य, उपाध्यक्षमा सुमित्रा बस्नेत र ईन्द्र कुमारी अधिकारी र सचिबमा सुशिना बञ्जारा रहनुभएको छ ।
भेलालाई बागमती प्रदेश सासंद एवं नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष बसुन्धरा हुमागाई, प्रदेश कमिटी सदस्य तुईयो काजी ताम्राकार, कमला अधिकारी, रमेश पौडेल, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
Facebook Comments