काभ्रेको सबै भन्दा कान्छो नगर मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख निर्मल शाही विगत केहि महिना यता नगरप्रमुख टोक बहादुर वाइबाको बदनाम गराउन सक्रिय रुपमा लाग्नुभएको छ ।
यसअघि राजनीतिक रुपमा विचार फरक हुदाँदेखि नै नगर प्रमुख वाइबाको बदनाम गराउन सक्रिय एउटा समूहले फेरी उपप्रमुख शाही मार्फत त्यहि शैली अपनाएको छ । गोकुल बाँस्कोटा द्वारा निर्देशित उक्त समूहले अघिल्लो पटकको हिउँदे नगरसभा विथोल्ने असफल प्रयास समेत गरेको थियो ।
हिउँदे सभा बस्ने दिन जिरो किलोको एउटा होटलमा उपप्रमुख सहित एमालेबाट निर्वाचित केहि नगरकार्यपालिका सदस्यलाई बन्धन बनाएर नगर प्रमुख वाइबालाई त्यहि बेला असफल बनाउने प्रयन्त गरिएको थियो । तर विपक्षी दल नेपाली काँग्रेस र नगरप्रमुख वाइबा निकटका नगरकार्यपालिका सदस्यले नगरसभा सञ्चालनमा साथ दिएपछि निकै अबेर उक्त हिउँदे सभा बसेको थियो । र बहुमतले निर्णयहरु पारित गरेको थियो ।
विचार फरक हुदाँ देखिनै नगरप्रमूख वाइबालाई असफल बनाउन क्रियाशिल उक्त समूह पार्टी फरक भएपछि थप उत्तेजित भएर लागेको छ । जसले उपप्रमुखलाई अघि सार्दै आफ्नो उत्शृंखलता बाहिर ल्याउने गरेको छ ।
८ औँ नगरसभाको हिउँदेसभा विथाल्ने प्रयास गरेका एमालेबाट निर्वाचित सोहि समूहले शुक्रबार पनि उस्तै हर्कत अपनाएको छ । शुक्रबार नियमित नगर कार्यपालिका बैठक थियो । प्रत्येक महिना ११ गते र २६ गते मण्डनदेउपुर नगरपालिकाको नगरकार्यपालिका बैठक बस्छ ।
बैठक अघि बसेको एमालेका नगरकार्यपालिका सदस्यहरुको बैठकले नवौं नगरसभा मार्फत पारित भएर प्रकाशित गरिएको बजेट पुस्तिका प्रति आफूहरुको गम्भीर असहमति जनाउने निर्णय गर्यो र सोहि अनुरुप ८ बुदेँ आरोप पत्र तयार गरी नगरकार्यपालिका बैठकमा उपप्रमुख शाहीले राख्नुभयो ।
आफैले पढेर नवौं नगरसभा मार्फत पास भएको बजेटमा नगरप्रमुखले एकलौटी गर्न खोजेको तथ्यहीन आरोप लगाउँदै उप्रमुख शाही नेतृत्वको समूहले सिँगो नगरसभाकै बदनाम गर्ने कोशिस गरेको छ ।
उपप्रमुख शाहीले आठ बुँदे आरोप पत्र मार्फत नगरप्रमुख वाइबालाई नवौं नगरपरिषदमा अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव नै नआएकोमा आ २०७८ ०७९ को नीति तथा कार्यक्रम र बजेट पुस्तिकामा किर्ते गरि नगर प्रमुखलाई बजेट रकमान्तर गर्ने अधिकार दिएको, तोक आदेशमा बजेट बिनियोजन गर्ने अधिकार नदिएको र अख्तियारी प्रदान नगरेको जस्ता आरोप लगाउनुभएको छ ।
तर यी सबै आरोप राजनीतिबाट ग्रसित छन् । निर्वाचित भएर आएदेखि अहिलेसम्म जुन बिधि र प्रक्रिया अपनाइएको छ । यो पटक पनि कुनै फेरबदल गरिएको छैन् । नगरप्रमुख टोब बहादुर वाइबाको सचिवालयले हिजो नै उपप्रमुख शाहीलाई ८ बुदेँ आरोप प्रमाणित गरेर देखाउने चुनौती दिएको छ । मिलिजुली खबरसँग कुरा गर्दै नगरप्रमुख वाइबाका स्वकीय सचिव गणेश पराजुलीले उपप्रमुख शाहीको ८ बुदेँ आरोपको पोका मात्रै भएको बताउनुभयो ।
‘पहिलो नगरसभा देखि जुन विधि र प्रक्रिया अपनाइएको छ । यो पटक पनि त्यसमा कुनै तलमाथि गरिएको छैन् । यो उहाँहरुको केबल राजनीतिक अभिष्ट पुरा गर्ने खेल मात्रै हो । ८/८ वटा नगरसभा सकिदाँ त्यहि विधि प्रक्रिया ठीक भयो । अहिले पार्टी फरक भएपछि चाँहि कसरी बेठीक हुन्छ ? एमालेका साथीहरुले राजनीति गर्नु खोज्नुभएको हो । कुनै विधि र प्रक्रिया मिचिएको छैन् । छ भने प्रमाणित गरेर देखाउँनुस् । स्वकीय सचिब पराजुलीले भन्नुभयो ।’
तथ्यहीन आरोप लगाएर उपप्रमुख मार्फत आफ्नो राजनीति स्थापित गर्न खोज्नेमा बडा नं ८ का वडाअध्यक्ष झलकप्रसाद पौडेल, ९ का वडाअध्यक्ष जितबहादुर लामा, ४ का वडाअध्यक्ष भुवन बजगाई, कार्यपालिका सदस्यहरु खड्गबहादुर पुर्कोटी, गिता नेपाल, निलमकुमारी बिसुन्खे, सुमित्रा भट्टराई र कृष्णबहादुर सार्की छन् ।
Facebook Comments