सिन्धुपाल्चोक जिल्लामा निर्माधिन १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनामा माओवादीले ब्रम्लुट मच्चाउन सुरू गरेको छ ।
आफ्नै पार्टीको जलस्रोत मन्त्री र अर्थमन्त्री रहेको मौका छोप्दै आयोजनालाई माओवादीले भर्ती केन्द्र बनाउन सुरू गरेको स्थानीयले बताएका छन् । केहिदिन अघिमात्रै आयोजनामा १० जना माओवादीका कार्यकर्तालाई नियुक्ति गरिएको छ । माओवादीको पनि नेताका आफन्तलाई नियुक्ती गरेको स्थानीयको दाबी छ ।
आयोजनाले विधि र प्रक्रिया पुरै मिचेर माओवादी कार्यकर्तालाई नियुक्ति गरेको स्थानीय उपभोक्ताहरूले बताएका छन् । आयोजनाको सुरक्षाका लागि भन्दै १० जना माओवादी कार्यकर्तालाई नियुक्ति गरेको स्थानीयको भनाई छ । नियुक्ति भएकाहरू जन यु द्ध कालिन अवस्थामा सैन्य तालिम लिएका जन मुक्ति सेना रहेको स्थानीयको दाबी छ ।
‘आयोजनाले कर्मचारी नियुक्ति गर्नै पाउँदै भन्ने होईन । तर विधि र प्रक्रिया विपरित गएर नियुक्त गर्न पाइँदैन । यो आयोजनाको सुरक्षा गर्न हामी प्रभावित क्षेत्रका जनता आफै सक्षम छौं । तर बिना कुनै जागिरको सूचना कसरी १०/१० जना मान्छेलाई नियुक्ति दिईयो ? यसको जवाफ हामीलाई आयोजनाले दिनु पर्छ । अन्यथा आयोजनाको कुनै पनि काम अघि बढाउन दिँदैनौ, नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले मिलिजुली खबरसंग भने ।’
आयोजनाले स्थानीयसंग पटक पटक सम्झौता र सहमति गर्ने त कार्यान्वयन गर्ने बेला भने आलटाल मात्रै गर्दै आएको स्थानीयको भनाई छ । आयोजनाले स्थानीयसँग गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै आन्दोलन सुरू भएको छ । स्थानीयको आन्दोलनमा आयोजना प्रभावित क्षेत्रका वडाध्यक्षहरुले समेत समर्थन जनाएका छन् ।
आयोजनाले स्थानीयलाई रोजगारी दिने, आवश्यक सामाग्रीको आपुर्ति स्थानीयले नै गर्ने, सामाजिक उत्थानका बिभिन्न कामहरु गर्ने गरी तीन बुँदे सहमति स्थानीय र आयोजनाबीच भएको थियो । तर यी माग पुरा गर्न आयोजनाले कुनै चासो नदिपछि आन्दोलन गर्नुको विकल्प आफुहरूसंग नरहेको वडाध्यक्ष मोहनलाल श्रेष्ठले बताउनुभयो ।
आयोजनाका लागि दोभाषेको रुपमा कामगर्दै आएका गोबिन्द पौडेलले आयोजनाभित्र बदमासीपूर्ण काम गरेको र स्थानीयको माग सम्बोधन नराउनुमा पौडेलको भुमिका रहेको स्थानीयले बताएका छन् ।
दोभाषे पौडेलले आयोजनाभित्र रहेको कवाडिका सामान अनाधिकृत रुपमा बेचबिखन गर्ने गरेको, चाइनिज ठेकेदारसँग मिलेर भ्रष्टचार गर्न प्रेरित गरेको, पटक पटक स्थानीय र आयोजनाको ठेकेदार चाइनिज कम्पनी पक्ष बीच द्व’न्द र कहलको वातावरण सिर्जना गर्दै आएको गुनासो स्थानीयले आफुलाई गरेको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुन्जो शेर्पाले बताउनुभयो ।
आयोजनाले प्रभावित क्षेत्रका जनताको माग सम्बोधन नगर्ने तर माओवादी कार्यकर्तालाई मन लाग्दी ढंगले नियुक्ती दिएको स्थानीयको आरोप । केहि दिन अघि मात्रै पनि सभामुख अग्नि सापकोटा र अर्थ मन्त्री जनार्दन शर्मा आयोजना हेर्न पुग्नुभएको थियो ।
स्रोतका अनुसार त्यहि दिन पनि माओवादीका प्रभावशाली नेता समेत रहेका सभामुख सापकोटा र अर्थ मन्त्री शर्माले आयोजना प्रमुखलाई आफ्नो कार्यकर्ता नियुक्ती गरेर उपयुक्त जिम्मेवारी दिन निर्देशन दिनु भएको थियो ।
Facebook Comments