Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा पनि जनगणना सुरुः ५११ जना गणक र १२७ जना सुपरीवेक्षक फिल्डमा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रेमा पनि जनगणना सुरुः ५११ जना गणक र १२७ जना सुपरीवेक्षक फिल्डमा
Spread the love
    

काभ्रेमा पनि जनगणना सुरु भएको छ । आजबाट जिल्लाभर जनगणना सुरु भएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी दिपक कोइरालाले जानकारी दिनुभयो ।

नेपालको संघीय संचनापछि पहिलो जनगणना सुरु भएको हो । यो जनगणना १२ औँ हो । नेपालमा पहिलो पटक विक्रम सम्बत १९६८ सालमा जनगणना गर्न सुरु गरिएको थियो ।

जिल्ला जनगणना कार्यालयले आज धुलिखेलमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार जिल्लाभर ५ सय ११ जना गणक फिल्डमा खटिएका छन् । त्यस्तै १२७ जना सुपरीवेक्षक परिचालित छन् ।

जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेसी, कटुन्जेबेसी र भुम्लु गाउँपालिकामा गरी ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । गणकहरु घर घरमा पुग्ने छन् । आजबाट सुरु भएको तथ्याङ्क संकलनको काम मंसिर ९ गते सकिने छ ।

यसअघि भदौ ३० गतेदेखि असाजे १८ गतेसम्म घर तथा घर परिवार सूचीकरण गरिएको थियो । त्यहि सूचीकरणको आधारमा गणकहरु मुख्य गरी ५५ वटा प्रनावली सहित घर घर पुग्न थालेको जनगणना अधिकारी दिपक कोइरालाले बताउनुभयो ।

गणकहरु बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म गणकहरुले काम गर्ने छन् । ५५ वटा प्रश्नावली पुरा गर्न २५ देखि ३० मिनेटसम्म लाग्ने जनगणना अधिकारी कोइरालाले बताउनुभयो । अधिकांश गणकहरु स्थानीय छैन् । त्यहि भएर यो पटकको तथ्याङ्क गुणस्तरीय आउनेमा आफुहरु विश्वास्त रहेको जनगणना अधिकारी कोइरालाको भनाई छ ।

घरमा आउने गणकहरुलाई आफ्नो विवरण टिपाएर सहयोग गरिदिन कोइरालाले आग्रह गर्नुभयो । ‘हामी यो पटक निकै उर्जाशील र युवा गणकहरु पाएका छौ । जसले गर्दा गुणस्तरीय तथ्याङ्क आउनेमा हाम्रो कार्यालय विश्वास्त छ । अघिल्लो पटकका जनगणनाहरुमा अधिकांश शिक्षकहरु प्रिचालित हुन्थे । आफ्नै घर वा वल्लो डाँडामा बसेर प्रश्नावली भर्ने र त्यसैको आधारमा तथ्याङ्कको विश्लेषण गरिन्थ्यो । तर यो पटक पहिलेको जस्तो पटक्कै हुने छैन् । हामीले गणक र सुपरीवेक्षकहरुलाई निकै मेहेनतका साथ तालिम दिएर फिल्डमा खटाएका छौ, जनगणना अधिकारी कोइरालाले भन्नुभयो ।’

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी शिवराम पोखरेलले यो पटक अघिल्लो दश वर्ष अघिको त्रृटि नदोहोरिने दाबी गर्नुभयो । सञ्चारकर्मीसंग प्रमूख जिल्ला अधिकारी पोखरेलले यो पटक काभ्रे जिल्लाको यर्थाथपरक तथ्याङ्क आउनेमा ढुक्क हुन आग्रह गनुृभयो । घर घर पुगेर संकलन गरिने सबै विवरण गोप्य भएकाले निर्धाक्कसँग गणकले सोधेको प्रश्नको जवाफ दिइदिइन प्रजिअ पोखरेलले आग्रह गर्नुभयो ।

गणकहरुले फिल्डमा भरेको फारम जिल्ला जनगणना कार्यालयले मंसिर १० देखि १४ गतेसम्म संकलन गरिसक्नेछन् । जिल्लाको ६ वटै स्थानीय जनगणना कार्यालय मंसिर १५ गते बन्द हुने छ । मंसिर १९ गतेदेखि २८ गतेसम्म जिल्ला जनगणना कार्यालय काभ्रेले फिल्डमा भरिएका फारम संकलन गरेर तथ्याङ्क विभागमा पठाउने छ ।

सबैभन्दा बढी सुपरीवेक्षक पनौती नगरपालिकामा १७ जना छन् । त्यहाँ ६७ जना गणक रहेका छन् । सबैभन्दा बढी गणक बनेपा नगरपालिकामा ८९ जना रहेका छन् भने सुुपरीवेक्षक १५ जना रहेका छन् । धुलिखेल नगरपालिकामा ११ जना सुपरीवेक्षक र ४६ जना गणक, बेथानचोक गाउँपालिकामा ५ जना सुपरीवेक्षक र २० जना गणक, पाँचखाल नगरपालिकामा १४ जना सुपरीवेक्षक र ४९ जना गणक रहेका छन् ।

त्यस्तै मण्डनदेउपुर नगरपालिकामा १२ जना सुपरीवेक्षक र ४४ जना गणक, भुम्लु गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २७ जना गणक, चौरीदेउराली गाउँपालिकामा ८ जना सुपरीवेक्षक र २६ जना गणक, रोशी गाउँपालिकामा १० जना सुपरीवेक्षक र ३३ जना गणक, महाभारत गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १६ जना गणक, खानीखोला गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १३ जना गणक, तेमाल गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २८ जना गणक तथा नमोबुद्ध नगरपालिकामा १० जना सुपरीवेक्षक र ३९ जना गणक रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

Post Views: 258

Spread the love
    

Facebook Comments

Next Post
पनौती घटनाः मृ तकका आफन्तले घेरे बनेपा विद्यूत प्राधिकरण

पनौती घटनाः मृ तकका आफन्तले घेरे बनेपा विद्यूत प्राधिकरण

चौरीदेउराली गाउँपालिकाको विभिन्न ठाउँमा घुम्ती स्वास्थ्य शिविर सुरु

चौरीदेउराली गाउँपालिकाको विभिन्न ठाउँमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सुरु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!