धुलिखेलको सबैभन्दा पुरानो हिमालयन होराईजन होटल मात्रै होईन अहिले नयाँ खुलेको होटल हिमालय दृश्यबाट देखिने तल तिर भिरालो जमिनमा अटेका बस्ती ।
स–साना बारीको पाटा । त्यसैमा अडेका छन् घर । बस्तीमा गाउँ र सहरीया घरको समिश्रण छ । कयौँलाई लाग्दो हो । अरनिको हाईवेसंगै जोडिएको गाउँ आहा !
तर यहाँका स्थानीयले भोग्दै आएको दुःख चानाचुने छैन् । मुलुकको नयाँ संरचना हुनुभन्दा अघि पनि यो बस्ती धुलिखेल नगरपालिकामै थियो । त्यो बेला वडा नम्बर ६ मा पथ्र्यो । अहिले वडा नम्बर ३ मा पर्छ ।
वडा नम्बर ३ को ‘चंखुबेसी–नयाँ बस्ती’ । सदरमुकाम सहितको धुलिखेल नगरपालिकाको कार्यालयबाट कम्तिमा १ किलोमिटर दुरीमा भेटिन्छ यो गाउँ । नयाँ बस्तीका गोविन्द प्रसाद घिमिरे उमेरले ७६ बर्ष पुग्नुभयो । दुई बर्ष जतिमात्रै भयो घिमिरेको आँगनसम्मै मोटर पुगेको । घिमिरेको मानसपटलमा ताजै छ । गाउँमा बाटो चाहिँयो भन्दै नगरपालिका धाउँदाका ति दिन ।
‘हाम्रो गाउँमा पनि सडक चाहियो भनेर रामशरण सापकोटा र म धेरै पटक नगरपालिकामा धायौ । सडकको लागि धेरै संघर्ष गर्यौ । धुलिखेलका मान्छेले अनावश्यक रुपमा बाटो किन चाहियो ? भने । हामी निरिह जस्तै भयौ । पहिला सडक नहुँदा किनेको गाई नोल लखाएर काँधमा बोकेर घरमा ल्याएर पालेको आजै जस्तै लाग्छ । अहिले आँगनमै सडक आईपुगेको छ । पहिला धुलिखेलका मान्छेले गरेको ब्यवहारले त यतिको सडक बन्छ भन्ने लागेको थिएन । सासंद लक्ष्मण लम्सालले ठूलो सहयोग गर्नुभएको छ । घिमिरेले भन्नुभयो ।’
अहिले ‘चंखुबेसी–नयाँबस्ती’ हुँदै पाँचखाल छिचोलिएको यो सडक खन्दा पनि एउटा संयोग छ । २०७५ साल फागुन १४ गते स्थानीय सुदर्शन बस्नेतको छोराको ब्रतबन्ध थियो । बस्नेतले संविधानसभा सदस्य बिदुर सापकोटा, संघीय सासंद गोकुल बाँस्कोटा, प्रदेश सांसद लक्ष्मण लम्साल र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई निम्तो दिनुभयो । निम्तो स्वीकार्दै प्रदेश सांसद लम्सालमात्रै सुदर्शनको घर पुग्नुभयो ।
गाउँका प्राय जसो निम्तो मान्न सुर्दशनकै घरमा भेला थिए । सबैले बाटोको अवस्था सासंद लम्साललाई जानकारी गराए । सडक नहुँदा खेपिरसेको दुःख सुनाए । सासंद लम्साल आफैले पनि त्यो बस्तीका नागरिकको दुःख प्रत्यक्ष देख्नुभयो ।
‘सासंद लम्सालले हुन्छ त भन्नुभयो । चिन्ता थियो फेरी अरू नेताले जस्तै जनताको अगाडि मात्रै हुन्छ भन्नुभयो की भन्ने । तर त्यहि बर्ष २५ लाख विनियोजन गरिदिनु भएछ हाम्रो टोलको सडकको लागि । अनि सासंद लम्साल प्रति थप विश्वास जाग्यो । सुदर्शन बस्नेतले मिलिजुली खबरसंग भन्नुभयो ।’
सडक ग्रामीण विकासको पहिलो आधार हो । अहिले ‘चंखुबेसी–नयाँबस्ती’ का नागरिकलाई दैनिक आउजाउ गर्न सजिलो मात्रै भएको छैन् । खेतीपाती लगाउन पनि ज्यादै सहज भएको छ । ‘ओहो ! त्यो बेलाको र अहिलेको कुरा गरेर के साध्य । यो बेसीबाट धान, आलु बोकेरै उकालो जानु पथ्र्यो । धेरै दुःख गरियो । खेतमा धान भित्र्याउदै गर्नु भएका वडा नम्बर ८ का राम शरण शाहले भन्नुभयो ‘सडक आएपछि धैरै सजिलो भएको छ । मल पनि बोकेर ल्याउनु पर्दैन् । खेतबाट बाली पनि बोकेर जानु पर्दैन् । सबै गाडीले ओसारपसार गर्छन् ।’
सासंद लम्सालले रकम विनियोजन गरेर सडक निर्माण भएपछि ‘चंखुबेसी—नयाँबस्ती’ ले काँच्ली फेरेको भनाई छ, छविलाल घिमिरेको । ‘अहिले जहाँ मेरो घर छ । त्यहाँ पुरै नयाँ सडक खनिएको हो । एक पटक गाउँमा सासंद लम्साल आउनुभएको थियो । म धेरै कुरा भन्दा पनि सकेसम्मको काम गर्नु भनेर जानुभएको थियो । न भन्दै अहिले यतिसम्म त उहाँकै प्रयासमा भएको हो । अब पिच पनि उहाँकै पालामा भैदिए हुन्थ्यो भन्ने आशा गरेको छ । घिमिरेले भन्नुभयो ।’
‘चंखुबेसी-नयाँबस्ती’ का धेरै जसो खेतका धन किसानले भित्र्याईसकेका छन् । अब आलु खेती सुरू हुन्छ । ‘पहिले खेत बारीमा फलाइएका चिजबिच बिक्री गर्नु पर्यो भने भारी भोकेरै यहि उकालो बजार पुर्याउनु पथ्र्यो । मैले पनि धेरै पटक यो उकालो थाप्लोमा नाम्लो राखेर भारी बोकेको छु । यो बिच भागसम्म त सडक थियो । तर गाडी आउनै सक्दैन थियो । नाममात्रैको सडक । तर सासंद लक्ष्मण लम्सालले बजेट पारिदिएपछि ती भारी भोकेर बजार जाने दुःख कष्ट दूर भएको छ । स्थानीय राजु घिमिरेले भन्नुभयो ।’
गाउँमा सडकले नयाँ आयाम थपिदिएको छ । किसानको मुहारमा उज्यालो थपिदिएको छ । स्कुल जाने केटाकेटी र बृद्धबृद्धालाई पनि हिडडुल गर्न निकै सजिलो भएको छ । ‘म नढाँटि भन्छु । काम गर्ने मान्छेको योगदानलाई कहिल्यै बिर्सनु हुँदैन । सासंद लक्ष्मणले यो ठाँका लागि हामीले सोचेभन्दा बढी नै दिनु भएको छ । कहाँ हिजोको कष्टकर जीवन, कहाँ अहिले आँगनमै गाडी । खुशीको कुनै सिमा नै छैन् । सदरमुकाम नजिक भएरपनि हामी सडक अभावमा तड्पि रहेको थियौँ । सडक नहुँदा अन्य विकास निर्मामा पनि धेरै पछि परेका थियौ । तर अहिले सहज भएको छ । यसको श्रय सासंद लक्ष्मण लम्साललाई दिन कुनै कन्जुस्याइँ गर्नु हुँदैन । उहाँको यो योगदानलाई पछिल्लो पुस्ताले पनि सम्झिरहनेछ । राजु घिमिरेले भन्नुभयो ।’
सासंद लम्सालको पहल र प्रयासमा विनियोजन गरिएको बजेटबाट धुलिखेल नगरपालिका वडा नम्बर ३ को नयाँबस्तीबाट धुलिखेल नगरपालिका वडा नम्बर २ को कोटाभिरसम्म ५ किलोमिटर नयाँ ट्याक खुलेको छ ।
६ किलो मिटर ग्राबेलिङ गरिएको छ । साढे ३ किलो मिटर सडक चौडा गरिएको छ । सात मिटर चौडाईको यो सडकको लागि बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल मार्फत हालसम्म प्राप्त ७५ लाख रूपैयाँको काम भैसकेको छ ।
थप साढे १ करोड प्रदेश सरकार र धुलिखेल नगरपालिकाको साढे १ करोड रूपैयाँ बजेट विनियोजन गरिएको यो सडक उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । यो बजेट भने टेण्डर मार्फत खर्च हुनेछ । यो सकडकले धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीको किसानलाई पनि औदी सजिलो भएको छ ।
Facebook Comments