नेकपा एमालेले आज काभ्रेको रोशी गाउँपालिकामा पालिका अधिवेशन गर्दैछ ।
जिल्लाको १२ वटा स्थानीय तहमा अधिवेशन सकाईसकेको एमालेको रोशीमा पालिका अधिवेशन अन्तिम हो । रोशी गाउँपालिकाका वडा अधिवेशन पनि एमालेले निकै ढिलो सकिएको थियो ।
अधिवेशनलाई सम्बोधन गर्न पूर्व मन्त्री एवं एमाले काभ्रे जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटा जाने कार्यक्रम छ । अधिवेशन कटुञ्जेबेसीको एक होटलमा हुने बताईएको छ । आजै सर्वसम्मत पालिका कमिटीको घोषणा गर्ने तयारी गरिएको छ ।
चितवनमा हुने १० औं महाधिवेशनका लागि काभ्रे जिल्लाबाट सहभागी हुने प्रतिनिधि छनौटको प्रक्रिया पनि एमालेले हिजोबाट सुरू गरेको छ ।
Facebook Comments