Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएसंगै काभ्रेमा मन्त्रीको चर्चा

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेबाट को बन्ला मन्त्री ?
Spread the love
    

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाण्डेले विश्वासको मत पाएसंगै सरकारले पूर्णता पाउने बताईएको छ ।

काभ्रेबाट पनि एक जना मन्त्री बन्ने पक्का छ । तर सासंद लक्ष्मण लम्साल वा बसुन्धरा हुमागाई मध्य को मन्त्री बन्लान् भन्ने चासो काभ्रेली जनता माज छ ।

२०७४ सालको निर्वाचनमा एमालेबाट काभ्रेको संघीय निर्वाचिन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) र (ख) मा निर्वाचित सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई अहिले नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएसंगै काभ्रेली नेकपा (एकीकृत समाजवादी) समर्थक नेता, कार्यकर्तामा खुशी छाएको पाइन्छ ।

कार्यकर्ताहरुले दुबै जना सांसदलाई मन्त्री हुन शुभकामना दिएका छन् । सकेसम्म दुबै जना मन्त्री बन्न र नसके विवाद नगरी समझरीपूर्ण ढंगले एक जना मात्रै भएपनि मन्त्री हुनै पर्ने धारणा कार्यकर्ता र शुभचिन्तकहरुले सार्वजनिक गरिरहेका छन् ।

संघीय निर्वाचिन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) बाट निर्वाचित सांसद लम्सालले काभ्रे जिल्लाले मन्त्री पाउने बताउनुभयो । सांसद लम्साल नेकपा (एकीकृत समाजवादी) पार्टीको बागमती प्रदेश कमिटीका सचिब पनि हुनुहुन्छ ।

काभ्रेका नेकपा (एकीकृत समाजवादी) कार्यकर्ता र शुभचिन्तकले मुख्यमन्त्रीको सपथसँगै काभ्रेबाट पनि एक जना मन्त्री हुने अपेक्षा गरेका थिए । तर मुख्य मन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद्लाई पूर्णदिने बताएपछि केहिदिन पछि सरेको थियो ।

काभ्रे नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेता र कार्यकर्ताले यस अघि एमालेमा हुदाँको नजिरलाई समेत ख्याल गर्दै विवाद नगरी सर्बसम्मत निर्णय गरेर एक जना मन्त्री हुनु पर्नेमा जोड दिएका छन् ।

यद्यदी दुबै सांसदको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुमा आ आफ्नो अडान भने कायम देखिएको छ । मन्त्री भएपछि आफ्नो क्षेत्रमा अनुकुल बजेट ल्याउन सकिने र आगामी निर्वाचिनमा थप सजिलो हुने उनीहरुको विश्वास छ ।

तर दुबै सांसदको भित्र इच्छा भने आफ्नो पार्टीको भागबण्डामा पर्ने मन्त्रालय हेरेर मात्रै मन्त्रीका लागि निर्णय गर्ने देखिन्छ । मन्त्री बनेपछि धेरै आंकाक्षा बढ्ने र विकास खर्च कम भएको मन्त्रालय भागमा पर्दा त्यो आंकाक्षा पुरा गर्न नसक्ने परिस्थिति सिर्जना हुदाँ कार्यकर्ता र निर्वाचन क्षेत्रका मतदाता चिडिन सक्ने तर्फ उनीहरु उच्च सजग रहेको पाइन्छ ।

काभ्रेजिल्लाबाट यस अघि अष्ट लक्ष्मी शाक्य मुख्यमन्त्री रहेको प्रदेश सरकारमा एमाले सांसद चन्द्र लामा मन्त्री बनिसक्नुभएको छ । यद्यदी मन्त्री लामाको सयमवधि निकै छोटो रह्यो । अहिलेको सरकार भने अर्को निर्वाचन नहुदाँसम्म टिक्ने गठबन्धनको विश्वास छ ।

Post Views: 260

Spread the love
    

Facebook Comments

Next Post
सिन्धुपाल्चोकको पोखरेबेसीमा माईक्रो बस दुर्घटना

सिन्धुपाल्चोकको पोखरेबेसीमा माईक्रो बस दुर्घटना

काभ्रेमा माधब समूहले किन एमाले पार्टी सदस्यता नवीकरण नगर्न उर्दी जारी गर्यो ?

एमाले काभ्रेले थाल्यो महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!