Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा एमाले र कांग्रेसको पालिका अधिवेशन: नेतृत्वमा दलित र महिला शून्य

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रे कांग्रेसको गाउँ/नगर अधिवेशनको परिणामले एमाले खुशी कि दुःखी ?
Spread the love
    

एमाले काभ्रेले वडा अधिवेशन सकाएको छ । पालिका अधिवेशन अन्तिम चरणमा पुर्याएको छ । कांग्रेसले पनि काभ्रेमा वडा र पालिका अधिवेशन सकाईसकेको छ ।

दुई ठूला पार्टीले मुलुकको नयाँ राज्य संरचनापछि पहिलो पटक वडा र पालिका अधिवेशन सकाएका हुन् । दुबै पार्टीले ऐतिहासिक अधिवेशनको नारा दिएका थिए । एमालेले पहिलो वडा र पालिका अधिवेशन भनेको थियो । कांग्रेसले चाहिँ १४ औं अधिवेशनको ब्यानरमा अधिवेशन सकाएको छ ।

काभ्रेको १३ वटा स्थानीय तह मध्ये रोशी गाउँपालिका बाहेक सबै स्थानीय तहमा एमालेले पालिका अधिवेशन सकाएको हो । रोशी गाउँपालिकामा यहि कार्तिक २४ अधिवेशन तोकिएको छ ।

हालसम्म सकिएको अधिवेशन हेर्दा कुनै पनि पालिकामा एमाले र कांग्रेसको नेतृत्व महिला र दलित समुदायले गरेका छैनन् । एमालेको महिला चारवटा पालिकाको पदाधिकारीमा भने अटाएका छन् । त्यो पनि सहसचिबमा मात्रै ।

एमालेको धुलिखेल नगर कमिटीमा चिनीमाया तामाङ, बनेपामा रोशनी उपाध्याय, नमोबुद्ध नगरपालिकामा सम्झना तामाङ र भुम्लु गाउँपालिकामा उर्मिला बराईली सहसचिबमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

१२ वटा पालिकामा अधिवेशन सकाएको एमालेले नेतृत्वमा एक जना पनि दलित समुदायका ब्यक्ति ल्याएन । पदाधिकारीमा भने गाउँपालिका कमिटीको सहसचिबमा उर्मिला बराईली एक जना दलित समुदायबाट निर्विरोध निर्वाचित हुनुभएको छ ।

उसो त एक महिना अघि नेपाली कांग्रेसले पनि वडा र पालिका अधिवेशन सकाएको छ । त्यो पार्टीको नेतृत्वमा पनि दलित समुदायको उपस्थिति शुन्य छ । एमालेले कांग्रेसलाई सामान्ती, पूँजीपति बर्गको प्रतिनिधित्व गर्ने पार्टीकै रूपमा अर्थ्याउने गरेको छ ।

तर दलित, महिला र श्रमजीवी बर्गको प्रतिनिधित्व गर्ने पार्टी भनेर नथाक्ने एमालेले पनि आफ्नो कुनै पनि वडा र पालिकाबाट नेतृत्वमा दलित समुदायलाई ल्याउन नसक्नुलाई भने गम्भीर ढंगबाट हेर्नु पर्ने हुन्छ । एमाले जिल्ला कमिटी सदस्य सागर मिजार वडा र पालिका अधिवेशनबाट पार्टीको नेतृत्वमा दलित समुदायको सहभागिता नहुनुमा पार्टीको मुल नेतृत्वले गम्भीर ढंगबाट हेर्नु पर्ने बताउनुहुन्छ ।

‘दलित समुदायका ब्यक्ति पनि पार्टी चलाउन सक्षम छन् भन्ने मान्यता जिल्ला नेतृत्वमै स्थापित गर्न आवश्यक छ । अहिलेको अवस्थालाई हेर्दा चाहिँ चिन्ताजनक छन् । यसलाई आगामी दिनमा नेतृत्व गर्ने जिम्मावारी दलित समुदायलाई दिईनु पर्छ भनेर अझै ठूलो संघर्ष गर्नु पर्ने अवस्था सिर्जना भएको छ । एमाले जिल्ला कमिटी सदस्य मिजारले भन्नुभयो ।’

एमालेले जिल्लाको १३५ वटै वडामा अधिवेशन सकिएको छ । प्राप्त विवरण अनुसार वडा कमिटीको नेतृत्वमा पनि दलित समुदायका ब्यक्ति आएका छैनन् । वडा कमिटीमा महिला भने निर्विरोध निर्वाचित हुनुभएका छन् ।

बनेपा नगरपालिकाको वडा नम्बर ५ मा समिता थापा, वडा नम्बर १४ निर्मला तामाङ र रोशी गाउँपालिका वडा नम्बर १२ मा प्रतिभा रायमाझी एमालेको वडा कमिटीमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

एमाले र नेपाली कांग्रेसले सम्पन्न गरेका वडा अनि पालिका अधिवेशनलाई केलाउँदा दलित समुदायलाई केबल भोट बैंकको रूपमा मात्रै लिएको प्रष्ट हुन्छ । नेपाली कांग्रेसको वडा समितिमा एक जना पनि दलित समुदायबाट नेतृत्व नरहेको जिल्ला सचिब दिनेश लामाले जानकारी दिनुभयो ।

यी दुबै पार्टीको विधानले नेतृत्वमै दलित ल्याउनु पर्छ भनेर किटान गरेको छैन् । तर कांग्रेसको हरेक समितिमा क्रियाशील सदस्य संख्याको आधारमा दलित समुदायलाई राख्नु पर्ने उल्लेख गरिएको जिल्ला सचिब लामाले बताउनुभयो ।

‘दलित समुदायमा अझै पनि राजनीति प्रतिको चेतना निकै कम छ । वडा र पालिका अधिवेशनबाट एक जना पनि दलित समुदायबाट नेतृत्वमा नआउनुले पनि यो कुरालाई प्रष्ट पार्छ । ब्यापक मात्रामा दलित समुदायभित्र राजनीतिक जागरण ल्याउन आवश्यक छ । दलित समुदायको प्रतिनिधिमूलक सहभागीता त हुन्छ । तर नेतृत्वमा उहाँहरू नआउँदा निर्णय गर्ने तहमा भुमिका कमजोर हुन्छ । यसलाई बढाउन आवश्यक छ, जिल्ला सचिब लामाले भन्नुभयो ।’

 

Post Views: 139

Spread the love
    

Facebook Comments

Next Post

How Often Should You Reverse Your Mattress?

काभ्रेबाट को बन्ला मन्त्री ?

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएसंगै काभ्रेमा मन्त्रीको चर्चा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!