मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्या न गएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् ।
बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्या न गएको प्र हरीले जनाएको छ ।
घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ । घटनापछि बसमा आग जनी भएको छ ।
आ गो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोड फोड गर्न खोजेपछि प्रह रीले लाठीचार्ज गरेको छ । लाठी चार्ज गर्ने क्रममा जिल्ला प्र हरी कार्यालय मकवानपुरका प्र हरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका प्र हरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।
Facebook Comments