Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

देउवा सरकारले दियो काभ्रेका पाँच हजारभन्दा बढी विपन्नलाई आर्थिक सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित
Spread the love
    

सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।

प्रति परिवार दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । काभ्रेका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ ।

विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित भएका अतिविपन्न, असाहय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएका छन् ।

सरकारले प्रतिस्थापन बजेटमा घोषणा गरिएअनुसार हालैमात्र उक्त शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित गरिसकेको छ ।

सोहीअनुसार देशभरका करिव पाँच लाख अति विपन्न परिवारसँगै काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ परिवारलाई राहत वितरण गर्न लागिएको बताइएको छ ।
जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको पाँच हजार ३०३ परिवारलाई राहत रकम दिइने गत मङ्गलबार प्रकाशित राजपत्रमा उल्लेख छ ।

जसअनुसार बनेपा नगरका ५०९, धुलिखेलका ३३५, पनौतीका ४१७, पाँचखाल ४७१, नमोबुद्ध ४८४ र मण्डनदेउपुरका ५८७ तथा चौंरीदेउराली गाउँपालिकाको ४८२, भुम्लुको ४०७, तेमाल ४२२, बेथानचोक २४०, रोशी ४५०, महाभारत २८८ र खानीखोला गाउँपालिकाको २११ परिवारलाई परिवारलाई राहत वितरण गरेको छ ।सरकारले यसलाई गरिबलक्षित सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रुपमा लिएको छ ।

कार्यविधिअनुसार कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण पेशा–व्यवसाय वा श्रम गर्ने अवसर गुमाएका तथा आर्थिक रुपमा अतिविपन्न नागरिकले विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएका र रोजगारीको अर्को अवसर नपाएका बेरोजगार असङ्गठित क्षेत्रका मजदुर वा कामदारलाई यो रकम दिइने भएको हो ।

साथै, खुल्ला सडक, फुटपाथ, नाङ्लो पसल सञ्चालन गर्दै आएका, अतिविपन्न व्यवसायी र दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाढा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियालेसमेत राहत रकम पाउने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा कोभिड–१९ का कारण एकाघरको परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार वा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलेसमेत उक्त रकम पाउने उल्लेख छ ।

तर, नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग वा नेपाल सरकार र विदेशी सरकारको निबृत्तिभरण) पाउने परिवारले यो रकम दाबी गर्न पाउने छैन् ।

सो राहत रकम प्राप्त गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको १५ दिनभित्र स्थानीय वडा कार्यलयमा आवश्यक कागजातसहित निवेदन गर्नुपर्ने प्रावधान छ । सहायता रकम वडाबाटै उपलब्ध हुने पनि जनाइएको छ ।

नगदवापत नेपाल सरकारको न्यूनतम दैनिक ज्यालादारीका आधारमा हुन आउने न्यूनतम कार्यदिन बराबर कुनै सार्वजनिक विकास निर्माणको आयोजना स्वयंसेवकका रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।
:-रासस

Post Views: 183

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा चाडपर्व केन्द्रित राजनीतिक दलको कार्यक्रम

काभ्रेमा चाडपर्व केन्द्रित राजनीतिक दलको कार्यक्रम

काभ्रेको फ्याफुल्ला खानेपानी योजना मर्मत सम्भारका लागि देउसीभैलोबाट १ लाख ९४ हजार संकलन

काभ्रेको फ्याफुल्ला खानेपानी योजना मर्मत सम्भारका लागि देउसीभैलोबाट १ लाख ९४ हजार संकलन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!