Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाँस्कोटाकै अगाडि एमाले बनेपा नगर कमिटी अध्यक्ष रन्जितकारले किन गरे जातिय र भेगिय राजनीतिको कुरा ?

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
बाँस्कोटाकै अगाडि एमाले बनेपा नगर कमिटी अध्यक्ष रन्जितकारले किन गरे जातिय र भेगिय राजनीतिको कुरा ?
Spread the love
    

एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितकारले पूर्व मन्त्री गोकुल बाँस्कोटालाई साक्षी राखेर जातिय र भेगिय राजनीति नगर्ने बताउनुभएको छ ।

बिहीबार एमाले काभ्रे जिल्ला ईन्चार्ज समेत रहनुभएका पूर्व मन्त्री बाँस्कोटा प्रमुख अथिति र जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ विशेष अतिथि भएको नगर पार्टी कार्यालय उदघाटन कार्यक्रममा बोल्दै नगर कमिटी अध्यक्ष रञ्जितकारले स्पष्ट रूपमा आफुले जातिय र भेगिय राजनीति नगर्ने बताउनुभएको हो ।

‘एमाले बनेपा नगरले भेगिय राजनीति गर्दैनन् । जातिय राजनीति गर्दैन् । सामावेशीताको आधारमा वर्गीय राजनीति गर्छ । नगर कमिटी अध्यक्ष रञ्जितकारले भन्नुभयो ।’

पछिल्लो समय पूर्व मन्त्री गोकुल बाँस्कोटा जातियता र क्षेत्रीयताको सवालमा निकै साँघुरो सोचाई राख्ने नेताको रूपमा एमालेभित्रै चिनिँदै गर्दा नगर कमिटी अध्यक्षले कडा शब्दमा बनेपामा अब जातियता र क्षेत्रीयताको राजनीति नचल्ने बताउनुभएको हो । नगर कमिटी अध्यक्ष रञ्जितकारलाई आगामी स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवारका रूपमा समेत चर्चा गरिन थालिएको छ ।

पूर्व मन्त्री गोकुल बाँस्कोटालाई संघीयता र समावेशीको सवलमा होस् या त चुनावमा टिकट वितरण गर्दा नै किन नहोस् निकै जातिवादी र क्षेत्रीयतावादीको रूपमा चिन्ने धेरै छन् । बाँस्कोटा समावेशीता र संघीयता अन्तर्गत प्रदेश भन्ने शब्द हत्तपत्त उचारण नै गर्न चाहाँदैनन् । अन्य जिल्लाबाट काभ्रे आएर एमाले बाहेकका दलमा आबद्ध हुने, फरक विचार राख्ने र सहयोग गर्ने प्रति बाँस्कोटाले निकै तल्लो तहसम्म झरेर अभिव्यक्ति दिने गर्नुहुन्छ ।

बाँस्कोटाको सामुन्ने बनेपा एमाले नगर कमिटी अध्यक्ष रञ्जितकारले भन्नुभयो ‘चाहे त्यो वडा नम्बर १४ को आशापुरीको तामाङ बस्तीमा होस् । चाहे त्यो वडा नम्बर ८ को नेवार बस्तीमा होस् । चाहे त्यो वडा नम्बर १ को जैसी, बाहुन बस्तीमा होस् । चाहे त्यो ६ नम्बर वडाको कुइंकेल गाउँमा होस् । बनेपा नगरपालिकाभित्रका एमालेको लागि नगर कमिटीले संरक्षकत्वको भूमिका निभाउँछ ।’

बनेपामा नेवारभित्र पनि बादे थरका ब्यक्तिलाई उम्मेदवार उठाउँदा मात्रै जितिन्छ भन्ने सोचबाट अन्य दल जस्तै एमाले पनि ग्रसित छ । एकथरी एमालेले फेरी पनि स्थानीय तहको निर्वाचनमा हालका मेयर लक्ष्मी नरसिंह बादेलाई थरकै आधारमा उम्मेदवार दिईनु पर्ने लबिङ गर्ने निश्चित छ । त्यसै तर्फ लक्षित गर्दै नगर कमिटी अध्यक्ष रञ्जितकारले जातिय र भेगिय राजनीतिको सवाल उठाएको हुन सक्ने धेरैले अनुमान गरेका छन् ।

Post Views: 130

Spread the love
    

Facebook Comments

Next Post
दोलखा काँग्रेस सभापति लामा काठमाडौँको जुवाखालबाट पक्राउ

दोलखा काँग्रेस सभापति लामा काठमाडौँको जुवाखालबाट पक्राउ

काभ्रेमा सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण तीव्रतासँगै उपकरण जडान

काभ्रेमा सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण तीव्रतासँगै उपकरण जडान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!