ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुर्खेतमा एकजनाको मृ त्यु भएको छ।
भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो।
दु र्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय सुर्खेतका प्रवक्ता प्र हरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
रविनकी दिदी रानी राना मगर घा इते छिन्। उनको टाउकोमा चो ट लागेको छ। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था ग म्भीर छ।
ट्रक चालक फ रार छन्। उनको खोजी कार्य जारी रहेको प्रह रीले जनाएको छ। दुर्घटनापछि आफन्तले छिन्चु बजार र सडकखण्ड बन्द गरेका छन्।
Facebook Comments