काभ्रे बेथान्चोक गाउँपलिका वडा नम्बर ६ नौलो डाँडाका बिजय तामाङ (सिङ्तान) सम्पर्क बिहीन हुनुभएको छ ।
कामको सिलसिलामा भारत जाँदै गर्दा बिच बाटोमा बसबाट छुटेका तामाङ सम्पर्क बिहीन हुनुभएको उहाँका सालो गन बहादुर तामाङ थिङले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।
विजय गाउँका अन्य ५ जना साथीहरूसंग कात्तिक ९ गते घरबाट निस्कनु भएको थियो । विजय भारतबाटै कात्तिक ११ बजे बिहान ४ बजेतिर हराएको सालो थिङले बताउनुभयो ।
विजयको खोजीमा सहयोग गर्न आफन्तहरू अपिल गरेका छन् । विजयलाई कतै देखेँ वा भेटे नजिकैको प्रहरी चौकी अथवा सम्पर्क नम्बर 9803633493/ 01160994513 र ईन्डियाको नम्बर 8871924710 मा फोन गरेर जानकारी दिन सक्नु हुनेछ ।
Facebook Comments