Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

आज काग र कुकुर तिहार

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
आज काग र कुकुर तिहार
Spread the love
    

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ।

त्यसपछि चतुर्दशी तिथि लाग्छ। बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ। कागलाई विशेषगरी दही भात खुवाइन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौमतले बताए।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ।

यस्तै यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ।

काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ। कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए।

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ। बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ।

Post Views: 379

Spread the love
    

Facebook Comments

Next Post
बनेपा-१ मा नेकपा (एस) को सम्मानजनक वडा भेला, कांग्रेसका प्रभावशाली नेता प्रवेश

बनेपा-१ मा नेकपा (एस) को सम्मानजनक वडा भेला, कांग्रेसका प्रभावशाली नेता प्रवेश

नगरप्रमुख शेर्पाको सहयोगमा दुई बर्षदेखि अवरुद्ध ठुलो बालुवा-धार्पा खानी सडक सुचारू

नगरप्रमुख शेर्पाको सहयोगमा दुई बर्षदेखि अवरुद्ध ठुलो बालुवा-धार्पा खानी सडक सुचारू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!