काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, कुशादेवी हेल्थकेयर एण्ड डाईग्नोस्टिक सेन्टर प्रा.लिको समन्वय र काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिबिर सकिएको हो ।
हिजो भालचन्द्र माध्यमिक बिद्यालयमा भएको स्वास्थ्य शिविरमा सयौंले स्थानीयले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा १५० जनाको हाडजोर्नी परीक्षण, १२० जनाको आँखा जाँच, १६ जनाको मानिसक रोग ४५ जनाको नाक, कान घाँटी , ३५ जनाको दाँत परिक्षण,म र २० जनाको दाँत झिकेको, १५ जनाको बालरोग परीक्षण गरिएको थियो ।
त्यस्तै १६ जनाको छाला, १०१ जनाको सामान्य चिकित्सा परीक्षण २० जनाको अपरेशन, १५० जनाको रगत र पिसाब परीक्षण, ९० जनाको भिडियो एक्सरे र ३३ जनाको ईसिजी गरिएको बताइएको छ ।
Facebook Comments