काभ्रेको बनेपामा रहेको बेलर इन्टरनेशनल स्कुलले देउसी भैलो र रंगोली प्रतियोगिता गरेको छ ।
गाउँ सहरमा कम हुँदै गएको देउसी भैलो संस्कृतिको जर्गेना गर्दै बालबालिका र युवा पुस्तामा जानकारी दिने उद्देश्यले देउसी भैलो र रंगोली प्रतियोगिता गरिएको स्कुलका प्रबन्ध निर्देशक इन्दु थापाले जानकारी दिनुभयो ।
कक्षा ११ र १२ मा अध्ययनरत ६ समूहविच प्रतिस्पर्धा भएको थियो । विद्यार्थीहरुबीच रंगोली बनाउने प्रतियोगिता समेत भएको थियो ।
कोरोना महामारीको कारण विगत २ बर्षदेखि यस्ता कार्यक्रम हुन पाएको थिए । कोरोना क्रमश कम हुँदै गएपछि कार्यक्रम आयोजना गरिँदा विद्यार्थी खुशी भएका थिए ।
उत्कृष्ट टिमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापा, राधब सिहं थापा, डा अनुप जंग थापा, ईश्वरी ओझा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
Facebook Comments